१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

चुपिंघाट क्षेत्र संरक्षणको प्रतिवद्धता

नगरिक समाचार प्रभाव

क्याप्शन

बेवास्तामा परेको भक्तपुरको ऐतिहासिक चुपिंघाट क्षेत्रका संरक्षणमा भक्तपुर नगरपालिकाले चासो व्यक्त गरी संरक्षण गर्ने प्रतिवद्धता जनाएको छ । भक्तपुर नगरपालिका वडा नं ५ स्थित प्रत्येक वर्ष विस्केट जात्राको क्रममा ठूलो लिंगो उठाउने ल्योसिंखेलको खोला छेउमा पर्ने यो क्षेत्रको संरक्षणमा उक्त वडाका वडाअध्यक्ष र सदस्यहरुले चासो व्यक्त गरेका हुन् ।  

ऐतिहासिक चुपिंघाट क्षेत्र बेवास्तामा शीर्षकमा नागरिक अनलाइनमा समाचार प्रकाशित प्रशारित भएपछि उक्त वडाका वडा अध्यक्ष रामगोपाल कर्माचार्य र वडा सदस्य पूर्णगोपाल राजचल चुपिंघाट क्षेत्रमा पुगेर स्थानीयसँंग बुझ्न पुगेका थिए । त्यस अवसरमा उनीहरुले यस क्षेत्रको संरक्षणका लागि नगरपालिका तथा वडा कार्यालयले सहयोग गर्ने वचन दिएका छन् । झण्डै एक घण्टा भन्दा वढी समय स्थानीयसँंग समस्याबारे बुझेका उनीहरुले संरक्षणका लागि आपूmहरु प्रतिवद्ध रहेको प्रतिवद्धता जनाएका थिए ।  

स्थानीय निकासको चासोप्रति स्थानीयले खुसी साटेका छन् । वर्षाैदेखिको समस्या समाधान हुने देखेर उनीहरु मख्ख पनि परेका छन् । ऐतिहासिक क्षेत्रको संरक्षणमा चासो व्यक्त गरेकोप्रति उनीहरुले धन्यवाद पनि व्यक्त गरेका थिए ।  

ऐतिहासिक चुपिंघाट क्षेत्र वेवास्तमा परेका कारण यहाँंको ठूलो क्षेत्र घाँंसे मैदानमा परिणत छ । यहाँंका मठमन्दिर धेरै भत्केका जीर्ण भएका छन् भने कयौं ढुंगाका मूर्तिहरु हराएका छन् । साथै हनुमन्ते खोला छेउ रहेको यहाँं रहेको एउटा भजन घर प्रत्येक वर्ष वाढीमा डुबाउने गरेको छ । यसले भजनका हार्माेनियम, तवलालगायतका बाद्यवादन पानीले भिर्जार विग्रने गरेको छ ।  

 

 

 

 

प्रकाशित: १४ असार २०७७ १०:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App