coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कार दुर्घटनामा पत्रकार कृष्णबाबुको मृत्यु

रुपन्देहीको तिलोत्तमामा आफैले चलाएको कार दुर्घटना हुँदा पत्रकार कृष्ण बाबु पाण्डेको मृत्यु भएको छ। गएराति बुटवलबाट आफ्नो निवास तिलोत्तमा नयाँमिलतर्फ जाँदै गर्दा ड्राइभरटोलमा कार दुर्घटना भएको थियो।

बा ७ च ६९५९ नम्बरको कार आफै अनियन्त्रित भई सडकको रेलिङमा ठोक्किएर दुर्घटना भएइलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। दुर्घटना पश्चात घाइते भएका पाण्डेको चौराह हस्पिटल बुटवल कालिकानगरमा उपचारकाक्रममा राति १२ ः ४५ बजे मृत्यु भएको थियो।  

न्यूज २४ टेलिभिजनमा आबद्ध पाण्डेको निधन शंकास्पद भएको सहकर्मीहरुले बताएका छन्। उनी पत्रकारितासँगै कलाकारितालाई पनि अगाडि बढाएका थिए। पाण्डेको निधनप्रति तिलोत्तमा मिडिया क्लबले शोक वक्तव्य जारी गर्दै पत्रकारितामा ठूलो क्षति पुगेको बताएको छ। अध्यक्ष लक्ष्मण पौडेलले शोे वक्तव्य जारी गरेर स्र्वारोहण भएका पत्रकार पाण्डेप्रति श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना  व्यक्त गरेका छन्। 

प्रकाशित: १४ असार २०७७ ०४:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App