एउटा निजी कम्पनीले आफ्नो जग्गामा प्रशारण लाइनको टावर ठड्याउन अवरोध पुर्याएपछि डेढ बर्ष देखी रोकिएको सिंगटी–लामोसाँघु प्रशारण लाइनको उक्त टावर ठड्याउने काम नरोक्न उच्च बिद्युत प्राधिकरणका नाममा आदेश दिएको छ ।
कृषि फार्म सञ्चालन गर्ने भन्दै बागमती प्रदेश सरकारबाट समेत अनुदान पाएको उक्त निजी कम्पनीले आफ्नो जग्गामा टावर नठड्याउनु भन्दै झण्डै १५ महिना यता अवरोध पुर्याउदै आएको थियो । यही बिचमा एक साता अघि उक्त कम्पनीले उच्च अदालत पाटनमा आफ्नो जग्गा भित्र टावर ठड्याउने काम रोक्नका लागी अन्तरिम आदेश जारी गरी पाउँ भनी हालेको रिटमा अदालतले गत बुधबार अन्तरीम आदेश जारी गर्नुनपर्ने नदेखिएको भन्दै कानुन बमोजिम प्रशारण लाइनको काम तत्काल अगाडी बढाउन आदेश गरेपछि प्राधिकरणलाई त्यस स्थानमा टावर ठड्याउन बाटो खुलेको हो । यो एउटै टावरमा अवरोध हुँदा सिंगै आयोजना लामो समय देखी पछाडी धकेलिदै आएको थियो ।
त्यस अघि प्राधिकरणले प्रशारण लाइन बनाउन दोलखाको भीमेश्वर नगरपालिका ८ बोचमा ७४ नं को टावर ठड्याउन अधिग्रहण गरिसकेको जग्गा तिलोत्तमा हिमाली फुड्स एण्ड रिसर्च प्रालि नामक निजी कम्पनीले व्यक्ती संग खरिद गरेको थियो । उक्त कम्पनीले आफ्नो जग्गा अधिग्रहण नभएको र पूर्जा आफैं संग रहेको साथै मुआब्जा समेत नपाएकाले टावर ठड्याउन नपाईने जिकिर गर्दै काम गर्न अवरोध पुर्याउदै आएको थियो । गत साता उच्च अदालत पुगेको उक्त निजी कम्पनीलाई अदालतले् कुनै अन्तरिम आदेश जारी गर्नुनपर्ने साथै राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको काम तत्काल कानुनी रुपमा अगाडी बढाउन सरकारका नाममा आदेश गरेपछि प्राधिकरणलाई काम गर्ने बाटो खुलेको हो ।
यस अघि १५ महिना यता यो टावर ठड्याउन अवरोध पुगेकै कारण आयोजनाको काम धकेलिदै आएको थियो । स्थानिय सुरक्षा अधिकारीहरुले समेत पटक पटक काम अगाडी बढाउन पहल गर्दै आएका थिए ।
सिंगटी लामोसाँघु प्रशारण लाइन आयोजनाका प्रमुख राजन ढुंगेलले अदालतको आदेश पछि आगामी साताबाट उक्त स्थानमा टावर ठड्याउने काम शुरु हुने बताए । बुधबार नै आदेश भएपनि त्यसको पूर्ण पाठ भने शुक्रबार मात्र आयोजना समक्ष आईपुगेको उनले बताए । ‘त्यो ७४ नं सहित अरु रोकिएका केही टावरहरुको काम आगामी साताबाटै शुरु गर्छौ’ उनले भने । प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले ७४ नं को टावर ठड्याउने काम अगाडी बढाउन आयोजनालाई प्रशासनले आग्रह गरिसकेकाले आगामी साताबाट काम शुरु हुने सुचना आफुले पाएको बताए ।
दोलखाको उत्तरका बिभिन्न खोलाहरुमा निजी प्रवद्र्धक कम्पनीहरुले उत्पादन गरेका बिद्युत आयोजनाहरुबाट निकालिएको बिजुली सिंगटी हुँदै लामोसाँघु लैजानका निम्ती प्राधिकरणले १० बर्ष अघि देखी यो आयोजना बनाउदै आएको थियो । शुरुमा दुई बर्ष भित्र सक्ने लक्ष्य लिईएको आयोजना १० बर्ष सम्म पनि सम्पन्न हुन सकेको छैन्। जग्गा अधिग्रहण गर्दा मालपोत कार्यालयमा आयोजनाले लगत कट्टा नगराएका कारण प्राधिकरणले अधिग्रहण गरिसकेको बोचको उक्त जग्गा व्यक्तीले निजी कम्पनीलाई बिक्री गरेका हुन्।
दोलखाको सिंगटीमा सव स्टेशन र एक सय १० ओटा टावर सहित ६० करोडको सरकारी लागतमा यो आयोजना निर्माण भईरहेको छ । लामोसाँघु सम्म यो प्रशारण लाइन मार्फत बिजुली पुर्याइएपछि त्यहाँ बाट उच्च क्षमताको छुट्टै प्रशारण लाइन मार्फत राजधानी लगेर राष्ट्रिय प्रशारण लाइनमा बिजुली जोड्ने प्राधिकरणको तयारी छ ।
प्रकाशित: १३ असार २०७७ १०:२९ शनिबार