coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सप्तरीमा चट्याङ लागेर ४ जनाको मृत्यु

बिहीबार वर्षासंगै परेको चट्याङ लागेर सप्तरीको दुई पालिकाका ४ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन्। कोसीनदीमा स्नान गर्न गएका बेला कोसी ब्यारेजको पुल नजिक चट्याङ लागेर महदेवा गाउपालिका- २ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। घरमा पूजा लगाएर पूजा विसर्जन गर्न उनीहरु कोसी ब्यारेज पुगेका थिए।  

यसैगरी खेतमा धान रोप्न गएका डाक्नेश्वरी नगरपालिका -९ का ३० वर्षीया ललितादेबी यादवको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। चटयाङ लागेर गम्भीर घाइते राजगढ गाउँपालिका बेल्ही चपेनाका ४५ वर्षीय केसीलाल साहको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको सप्तरी प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईंले बताए । यसैगरी घरमै काम गरिरहेकी १८ वर्षीया आशा मण्डलको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजमा भैरहेको छ।

प्रकाशित: ११ असार २०७७ ०४:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App