१ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

मलद्वार नभएका शिशुले पाउने भए उपचार

समाचार प्रभाव

आफ्नी आमाका साथमा मलद्वार नभएका शिशु (दायाँ) र उनलाई उपचार गरिदिने वाचा गरेका स्वास्थ्यकर्मी पाण्डव बराल। तस्बिर : भरत कार्कीको फेसबुकबाट

खर्च अभावका कारण जीवनमरणको दोसाँधमा रहेका सर्लाहीका  मलद्वार नै नभएका शिशुले उपचार पाउने भएका छन्।  

सर्लाहीको हरिपुर-९, पिडारी निवासी अनपीदेवी माझीले यही असार ७ गते जन्माएका शिशुलाई वीर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी पाण्डव बरालले उपचार गरिदिने वचन दिएका हुन्। पाण्डेको घर पनि सर्लाही नै हो।  

अति विपन्न माझी परिवारले आफ्ना शिशुको उपचार गर्न नसक्दा स्थिति नाजुक भएकोबारे सामुदायिक रेडियो सर्लाहीका अध्यक्ष भरत कार्कीले तस्बिरसहित फेसबुकमा जानकारी गराएपछि नागरिक न्युज डटकमले पनि मंगलबार समाचार प्रकाशन गरेको थियो।  

यो पनि पढ्नुहोस्

सर्लाहीमा मलद्वारविहीन शिशु जन्मिए, उपचार खर्च नहुँदा ज्यान जाेखिममा

यसै क्रममा वीर अस्पतालमा कार्यरत पाण्डेले फेसबुकमार्फत नै शिशुलाई काठमाडौं पठाए आफूले उपचार गराइदिने घोषणा गरेका हुन्।  

उपचारका लागि ती बच्चालाई बिहीबार बिहान काठमाडौं लाने तयारी भएको रेडियो सर्लाहीका अध्यक्ष कार्कीले नागरिक न्युजलाई जानकारी दिए। साथै उनले  ती शिशुकाे उपचार गरिदिने वचन दिएका बराल तथा यस विषयमा समाचार लेखेर सहयोग पुर्‍याएकाे भन्दै फेसबुकमार्फत नै नागरिक न्युजका पत्रकारलगायत सञ्चारकर्मीलाई धन्यवाद दिएका छन्।  

अध्यक्ष कार्कीले फेसबुकमा लेखेका छन्, ‘मैले सर्लाहीको पिडारीमा मलद्वार नभएको नवजात शिशुको जन्म भएको र उसको तत्काल उपचार हुन नसके खतरा हुने भन्दै सहयोगी मनहरूलाई उपचारका लागि अनुरोध गरेको थिएँ। उक्त अनुरोधलाई स्वीकार्दै हृदयका धनी सर्लाही निवासी आदरणीय व्यक्तित्व तथा स्वास्थ्यकर्मी पाण्डव बरालज्यूको व्यक्तिगत सहयोगमा काठमाडौ लगेर सम्पूर्ण उपचार गर्ने वाचा गर्नु भएको छ। पाण्डवजी, सञ्चारकर्मी रूपबहादुर विश्वकर्मा, टंक रायक्षेत्री, अच्युतम सापकोटा, प्रेम पौडेललगायतका अन्य सहयोगी व्यक्तित्वहरूलाई  हृदयदेखि नै मुरीमुरी साधुवाद छ।’

प्रकाशित: १० असार २०७७ १०:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App