coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पाकिस्तानी सेनाको आक्रमणमा मारीए गुल्मीका कार्की

भारत पाकिस्तान सीमा क्षेत्र जम्मुकश्मिरमा गोली चल्दा भारतीय सेनामा कार्यरत गुल्मीका एक युवकले ज्यान गुमाएका छन् । गुल्मीको छत्रकोट गाउँपालिका वडा नंं. ५ को गल्फाकोटका शालीकराम कार्कीका कान्छा छोरा गोर्खा सैनीक दिपक कार्कीको पाकिस्तानी सेनाको गोलाबारीमा परी मृत्यु भएको हो । 

३८ वर्षे मृतक कार्कीको मंगलबार गोखरपुरमा स्थित राजघाटमा अन्तिम संस्कारको तयारी गरीएको बुझिएको छ । अन्तिम संस्कार अघि गोरखपुरमा सेनाको टुकुडीले उनलाइ सम्मान अर्पण गर्नेछ । अन्तिम संस्कारमा सहभागी हुन मृतककी श्रीमती, छोराछोरी, भाउजु र अंकल गोखरपुर गएको मृतकका दाजु कृष्णबहादुर कार्कीले नागरिकलाई बताए ।

पाकिस्तानी सेनाको गोलाबारीमा सोमबार उनलाई गोली लागेर गम्भीर घाइते भएका थिए । उनको उपचारकै क्रममा सोमबारै मृत्यु भएको भारतीय सुरक्षा निकायले मृतकका परिवारलाई जानकारी गराएका हुन । उनी जम्मु कश्मिरको रजौरी जिल्लाको नौशेरा सेक्टरमा तैनाथ रहेको मृतकका दाजु कृष्णले जानकारी दिए । कार्की ३–५ गोरखा राइफल्समा हवल्दार पदमा कार्यरत थिए ।  

कार्कीको परिवार पछिल्लो एक वर्ष यता बसाइ सरेर रुपन्देहीको तिलोत्तमा नगरपालिका ५ को मणीग्राममा आएका छन् । उनको परिवारमा ८७ वर्षका बुवा, श्रीमतीसहित ११ र ९ वर्षका दुई छोरी र ४ वर्षको एक छोरा छन् । मृतक कार्की तीन महिना अघि घर आएका थिए ।  

नेपाल आएका बेला उनी पहाड घर छत्रकोट पनि पुगेका थिए । त्यतीबेलाको भेटमा मृतक कार्कीले भारतीय सेनामा भर्ती भएको १७ वर्ष पुरा भइसकेको र हवल्दारमा बढुवा भएपछि अब अवकास लिएर सँधैका लागि नेपाल फर्कने योजना आफन्त र गाउँलेलाई बताएको छत्रकोट ५ का वडाध्यक्ष कृष्णप्रसाद पन्तले नागरिकलाई बताए । ‘हवल्दार बढुवा भइयो । अब पेन्सन लिएर सधैका लागि नेपाल फर्कीने बिचार छ । 

परिवार र समाजका लागि पनि केही गर्नु पर्छ भनेर म संग भनेका थिए । तर तीन महिना नहुँदै सोमबार दुःखद खबर सुन्नु पर्‍यो’ वडाध्यक्ष पन्तले भने ।  

प्रकाशित: ९ असार २०७७ १५:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App