२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नाम नफेर्न माग गर्दै रिले अनशन

मंगलबारे अस्पताल नामकरण विवाद चुलिँदै

मोरङको उर्लाबारी–३ मंगलबारेस्थित मंगलबारे अस्पतालको नामकरणको विवाद चर्कंदै गएको छ।मंगलबारे अस्पतालको नाम परिवर्तन गरी ‘मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर’ बनाउने प्रदेश सरकारको निर्णयविरुद्ध स्थानीयआन्दोलित भएपछि नामकरण विवाद चुलिएको हो।  

नेताको नाममा मंगलबारे अस्पतालको नामकरण गर्न नहुने माग राख्दै असन्तुष्ट स्थानीयले सोमबारदेखि अनसन सुरु गरेपछि नामाकरणको विवाद पेचिलो बन्दै गएको छ। अस्पतालको नाम परिवर्तन नगर्न लामो समयदेखि स्थानीय आन्दोललित भए पनि सरकारले बेवास्ता गर्दै माग सम्बोन्धन गर्नेतर्फ चासो नदिएपछि अनिश्चितकालीन रिले अनशन सुरु गरेका हुन्।  

प्रदेश सरकारले ल्याएको २०७७/७८ को नीति तथा कार्यक्रममा अस्पतालको नाम परिवर्तन गर्दै ‘मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर’को रूपमा विकास र स्तरोन्नति गर्ने भनेको छ। प्रदेश सरकारले मंगलबारे ट्रमा अस्पतालको नाम परिवर्तन गर्दै ‘मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर’ बनाउने भनेपछि स्थानीयहरूले अस्पतालको नाम परिवर्तन नगर्न माग राख्दै १५ दिनेदेखि निरन्तररूपमा विभिन्न किसिमका आन्दोलन गर्दै आएका छन्।

प्रदेश सरकारले स्थानीय तहसँग नाम परिवर्तन सम्बन्धमा कुनै छलफल नगरेको बताइएको छ। अस्पताललाई स्तरोन्नती गरेर नाम परिवर्तन गर्दा भूगोलसँग जोडिएको अस्पतालको पहिचान मेटिने भन्दै त्यसो नगर्न स्थनीयले प्रदेश सरकारसँग माग गरेका छन्।

मंगलबारेस्थित बिपी प्रतिष्ठानको नाममा रहेको जग्गामध्ये ८ विघा जग्गा प्रतिष्ठानले ‘मदन भण्डारी अस्पताल’ निर्माण गर्न दिएको स्थानीय रोहित कार्कीले बताए।  उनले भने, ‘मदन भण्डारी प्रतिष्ठानले त्यस जग्गामा अस्पताल बनाउने भनेर घेराबेरा गरी सुरक्षित गरेको छ। प्रदेश सरकारले त्यही जग्गामा नयाँ अस्पताल निर्माण गर्नुपर्छ।’  

संघीय र प्रदेश सरकारले हाम्रो मागलाई बेवास्ता गर्दै अघि बढ्न खोजे योभन्दा पनि कडा संघर्ष गर्न तयार भएको संयुक्त संघर्ष समितिका सचिव मातृका धिमालले बताए। अहिलेसम्म शान्तिपूर्ण तरिकाले आन्दोलन गर्दै आएका थियौं। ‘यसको स्वरूप परिवर्तन गर्दै अनिश्चितकालिन रिले अनशन थाल्यौं,’ धिमालले भने। यो संघर्षको कार्यक्रमसँगै कूटनीतिक पहल जारी रहने छ।  

‘तीन वर्षदेखि प्रदेशको नाम राख्न नसक्ने प्रदेश सरकारले स्थानीयको भावनालाई चोट पुग्ने गरी अस्पतालको नाम परिवर्तन गरेर विवाद सिर्जना गर्नु गलत भयो,’ स्थानीयललित अधिकारीले भने,‘मंगलबारेको आफ्नै पहिचान रहेको र त्यसमा मदन भण्डारीको नाम मुछेर विवाद सिर्जना गर्नुभन्दा पनि सरकारले मंगलबारेमै बिपी प्रतिष्ठानको जग्गामा मदन भण्डारी अस्पताल बनाए हुन्थ्यो।’  

मंगलबारे अस्पतालको नाम परिवर्तन नगर्न माग राख्दै थालेको स्थानीयको आन्दोलनलाईउर्लाबारीको  नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, मञ्च सम्बद्ध संघीय लिम्बुवान पार्टी नेपाल र मंगलबारेका युवा समूह मिलेर संयुक्त संघर्ष समिति निर्माण गर्दै दोस्रो चरणको आन्दोलन थालेको हो।  

२०४९ मा स्थापित भएको १५ शैड्ढयाको अस्पताललाई ५० शैड्ढयामा स्तरोन्नतीसहित प्रदेश सरकारले ट्रमा सेन्टरको रूपमा विकास गरेको छ। ट्रमा सेन्टरका लागि गत आर्थिक वर्ष २ करोड रुपैयाँ बराबरको आवश्यक उपकरणसमेत खरिद भइसकेको अस्पतालले जनाएको छ।

प्रकाशित: ९ असार २०७७ ०२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App