coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

समितिको अर्थ छैन भन्दै मनाङेले दिए राजिनामा

गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सदस्य राजिव गुरुङ मनाङेले राजिनामा दिएका छन् । गुण्डा नाइके पृष्ठभूमिका उनले समितिको कार्यकारी अधिकार नभएको भन्दै पदबाट राजिनामा दिएका हुन् । 

समितिबाट राजिनामा दिने संस्कृति नभएपनि उनले आइतबार समितिका सभापतिलाई सम्बोधन गरेर राजिनामा दिएको समितिका सभापति दीपक कोइरालाले जानकारी दिए । समितिमा बस्न नचाहेको भए कुन समितिमा बस्ने हो त्यो समितिमा जान्छु भनेर दलका सचेतक र सभामुखलाई जानकारी गराए हुन्थ्यो,‘उनले भने,‘उहाँले राजिनामा नै दिनुभएको छ, यस्तो संस्कृति यसअघी थिएन ।’

विभिन्न ठाउँमा भ्रष्टाचार मौलाएको रंगेहात पक्रिदापनि कार्वाही गर्न समितिले नसक्ने स्थिति देखेकाले आफूले पदबाट राजिनामा दिएको उनले बताए । अनुगमनमा जाँदा भ्रष्टाचारै भ्रष्टाचार देखेँ,उनले भने,‘त्यस्तो स्थितिमा तुरुन्त कार्वाही गर्न निर्देशन दिदापनि कार्वाही नभएपछि समितिको अर्थ रहेनछ भनेर राजिनामा दिएको हुँ ।’ उनले अब आफू कुनैपनि समितिमा नबस्ने बताए । ‘म अब कुनैपनि समितिमा बस्दिन,‘उनले थपे,‘सांसद पदबाहेक अन्य पदको अर्थ रहेनछ, त्यसैले म अब मलाई समिति सदस्य हुनु छैन ।’

समितिका सभापति दीपक कोइरालाले पदबाट राजिनामा दिएकोबारे दलका सचेतक र सभामुखलाई जानकारी गराएको बताए । राजिनामा स्विकृत गरेपनि हुन्छ, नगरेपनि हुन्छ, उनले भने,‘समिति हेरफेर गर्ने कुरा हो, त्यसमा मैले सहज बनाईदिने मात्र हो ।’

पदबाट राजिनामा दिएका मनाङे राती नै काठमाडौं पुगेका छन् । उनले आफूलाई सांसद बनाउने नेतालाई भेटेर राजिनामा बारे जानकारी गराएको बताए । तर आफूलाई पदबाट दिएको राजिनामा फिर्ता लिन भनेको भन्दै उक्त प्रस्ताव आफूलाई भनि स्वीकार्य नभएको बताए । कारबाही गर्ने अधिकारसहितको समिति भए समितिमा फर्किन्छु,‘उनले भने,‘हैनभने पदमा फर्किनुको औचित्य छैन ।’

प्रकाशित: ८ असार २०७७ १४:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App