२९ आश्विन २०८३ बिहीबार
image/svg+xml
समाज

भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार

तिब्बती भाषा अध्ययनका लागि कञ्चनपुरको गड्डाचौकी नाका भएर भारतको देहरादुन लैजाँदै गरिएका २५ जना बालबालिकाको सीमा क्षेत्रबाट उद्धार गरिएको छ। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले १० वर्षमुनिका २५ बालबालिकालाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाल फर्काएको जानकारी दिए। 

‘हुम्लाको सिमकोटका बालबालिकालाई वनबासास्थित एसएसबीको चेकपोस्टले नेपाल फर्काएको छ’, उनले भने, ‘ती बालबालिका अहिले इलाका प्रहरी कार्यालय गड्डाचौकीमा छन् थप बुझ्ने काम भइरहेको छ।’ 

हुम्लाको सिमकोट गाउँपालिका–८ का बालबालिकालाई पञ्चविर बुढाले भारत लैजाँदै गरेका थिए। कञ्चनपुर प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको  छ।  

प्रकाशित: २९ आश्विन २०८३ १५:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App