८ वैशाख २०८१ शनिबार
समाज

रामेछापमा नमुना गाउँ बनाउँदै युवा

रामेछाप दोरम्बा गाउँपालिका–२ रामथुङगामा स्थानीय युवा नमुना गाउँ निर्माणमा जुटेका छन् । युवाले चारवटा छ्र्योतेन निर्माण गरेका छन् । लकडाउको अवधिमा रामथुङ्गाका युवाले ६ सय चियाको बोट रोपेका छन् । ६ सय चियाको बोट भने गाउँपालिकाले निःशुल्क उपलब्ध गराएको हो ।  

त्यस्तै भोजभतेरका  पार्टी प्यालेस निर्माण गरिएको छ । पार्टी प्यालेसको पहिलो चरणको काम भइरहेको छ । यसका लागि भने गाउँपालिकाले ३ लाख बजेट छुट्याएको छ ।

स्थानीय युवाको साथ र सहयोगमा निर्माण गरिएको स्थानीय युवा गुनाबहादुर योन्जनले बताए । गाउँपालिकाभित्र मात्रै नभएर जिल्लकै एक नमुना गाउँ बनाउन लागिएको हो ।  

उनले भने, ‘तामाङ जातिको मौलिक संस्कृति झल्कने टुङ्ना र डम्फु पार्टी प्यालेस बनाइँदै छ । अब हामी यसलाई निरन्तरता दिँदै एक पर्यटकीय क्षेत्र बनाउनेछौं ।’ लकडाउनको बेलामा आफ्नो गाउँ आफैं बनाऊ भन्ने उद्देश्यले एक नमुना गाउँ बनाउन लागिएको उनले बताए ।

त्यस्तै, गाउँ प्रवेशद्वार निमार्ण गरिँदै छ । प्रवेशद्वारमा बौद्ध धर्मावलम्बीको मौलिकता झकिल्ने स्थानीय युवा दिनेश योन्जनले बताए । गाउँकै युवाको रकम जम्मा गरी निर्माण गरिएको हो । उनले भने, ‘झन्डै २ लाख जति खर्च हुने अनुमान गरिएको छ ।’  

प्रकाशित: ७ असार २०७७ ०८:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App