४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

लुम्बिनीका विहारको अध्ययन सुरु

लुम्बिनीमा निर्माण हुने बिहारको अध्ययन सुरु गरिएको छ । बृहत लुम्बिनी गुरुयोजना अन्र्गत निर्माण हुने ४० बिहारको अवस्था बारे बुझन अध्ययन थालिएको हो । लुम्बिनीमा बाँकी प्लटहरु विहारहरुको वस्तुस्थितिको अध्ययन, अवलोकन तथा प्रतिवदेन लेखन कार्य सुरु गरिएको कोषका सदस्य राजेश ज्ञवालीले बताए । लुम्बिनी विकास कोषको बोर्ड बैठकबाट गठित बाँकी रहेका बिहार निर्माणको अवस्था अध्ययन उप–समितिले कामलाई तीव्रता दिएको छ ।  

बाँकी रहेका ४० वटा विहार तथा सम्झौता गरिएका ३ वटा होटेलहरुकोे स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारिने छ । ३ सदस्यीय उप समितिले एक हप्ताभित्र बाँकी रहेका विहारहरुको अवस्था अध्ययन गरी प्रतिवेदन तयार पारिने लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य तथा प्रतिवेदन लेखन उपसमितिका संयोजक राजेश ज्ञवालीले बताए । ज्ञवालीले बाँकी रहेका विहार निर्माणको वास्तविक अवस्था तथा लुम्बिनीमा रहेका विहारहरु बृहत लुम्बिनी गुरुयोजनाको मापदण्डभित्र रहे नरहेको वास्तविक अवस्थाका बुझने बताए । उनले निर्माण कार्य सुरु नै नगरेका विहारहरुको स्थितिको प्रतिवेदन पर्यटन, नागरिक तथा उड्डयन मन्त्री योगेश भट्टराईलाई बुझाइने बताए । ज्ञवालीले प्रतिवेदनमा दिइने सल्लाह सुझाव मन्त्रालयले कार्यान्वयन गर्नेमा आफू विश्वस्त रहेको यसले प्रतिवेदनको महत्व झनै बढ्ने बताए ।  

लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रतिवेदन लेखन उप–समितिका सदस्य सुरेन्द्र मुनी शाक्यले प्रतिवेदनले लुम्बिनीमा बाँकी रहेका विहारहरुको वास्तविक अवस्था स्पष्ट हुने बताए । लुम्बिनी विकाष कोषका पार्षद् सदस्य बैजनाथ साहनीले प्रतिवेदन तयार हुनु महत्वपूर्ण भएकोले प्रतिवेदन थन्काउने भन्दा पनि प्रतिवेदनमा दिइने सुझाव सल्लाहहरु कार्यान्वयन हुनु पर्ने बताए । प्रतिवेदन लेखन समितिमा मन्त्रालयका प्रतिनिधि उपसचिव दुर्गा भुर्तेल समेत छन् ।    

सहयोगीको रुपमा लुम्बिनी विकास कोषका कर्मचारी खगेन्द्र काफ्ले र कृष्णप्रसाद पौडेल छन् । उता चार दशक पुरा भए पनि अझै लुम्बिनी विकास गुरुयोजना पुरा भएको छैन । । गुरुयोजनाको अझै करिब २० प्रतिशत काम बाँकी रहेको लुम्बिनी विकाश कोषले जनाएको छ । जापानी बास्तुकलाविद् केन्जो टाँगेको डिजाइनमा अघि बढाइएको गुरुयोजना अन्तर्गत १ हजार १ सय ५५ विघामा पवित्र उद्यान, मोनाष्टिक जोन र न्यु लुम्विनी भिलेजका रुपमा विकास गर्ने योजना रहेको छ । लुम्बिनीमा हाल विभिन्न देशका छुट्टाछुट्टै मन्दिरहरु रहेका छन् भने कतिपय देशका मन्दिरहरु निर्माणको क्रममा रहेका छन् ।  

 

प्रकाशित: ४ असार २०७७ १४:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App