१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

चार सिँचाइ योजना सम्पन्न

पूर्वाधार विकास निर्वाचन क्षेत्र अन्तरगतको रकमबाट निर्माण गरिएको सेखुवा ठूलो कुलो सिँचाइ योजनाको नहर । तस्बिर : नागरिक

खोटाङको साकेला गाउँपालिकामा चार वटा सिँचाइ योजना पुरा भएका छन् । स्वीस विकास सहयोग, संघीय सरकार र उपभोक्ताको ७ प्रतिशत लगानीमा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित रोपुवा पिपिरे सिँचाइ योजना, साकेला गाउँपालिका–२ रतन्छास्थित च्यापदामे राजकुलो र निकिते सिँचाइ योजना सम्पन्न भएको हो ।  

यस्तै, प्रदेश सांसद रामकुमार राईको पूर्वाधार विकास निर्वाचन क्षेत्र अन्तरगतको १० लाखमा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवा ठूलो कुलो सिँचाइ योजना पुरा गरिएको गाउँपालिका अध्यक्ष अर्जुन खड्काले बताए । सेखुवा ठूलो कुलो सिँचाइ योजनाको नहरका कतिपय खण्डमा आरसिसि ढलान र कतिपय खण्ड ढुंगामाटोले बनाइएको छ ।  

स्वीस विकास सहयोग, स्थानीय सरकार र संघीय सरकारको साझेदारीमा सञ्चालित साना सिँचाइ कार्यक्रम (सिप) कार्यक्रम अन्तरगत २३ लाख ७७ हजारको लागतमा पुरा भएको रोपुवा पिपिरे सिँचाइ योजनाले बाँझेच्यानडाँडाका ३२ घर किसानका १० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । २५ लाख ९३ हजारको लागतमा पुरा भएको च्यापदामे राजकुलो सिँचाइ योजनाले रतन्छाका ३३ घर किसानका १२ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ ।  

यस्तै, २३ लाख ९० हजारको लागतमा पुरा भएको निकिते सिँचाइ योजनाले रतन्छाका २० घर किसानका ११ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको साना सिँचाइ कार्यक्रम (सिप)का सिनियर टेक्निकल अफिसर केशव बिकले बताए । साकेला गाउँपालिका–५ मात्तिममा ३० लाखको लागतमा धिमाकुलो सिँचाइ योजना निर्माणाधिन अवस्थामा रहेको छ । धिमाकुलो सिँचाइ योजनाले ३८ घरका १२ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने गाउँपालिकाले जनाएको छ ।  

यस्तै, उपभोक्ताको १० प्रतिशत, गाउँपालिकाको २० प्रतिशत, संघीय सरकारको ३० प्रतिशत र स्वीस बिकास सहयोगको ४० प्रतिशत लगानीमा पुरा गर्नेगरी लकडाउनकैबीमा रतन्छास्थित सिलपाजोरधारा (मखुवाखोला मुहान) सिँचाइ योजना, वानुवा दोभान सिँचाइ योजना र मात्तिमस्थित खड्कुडे सिँचाइ योजना सम्झौता भएको छ । बाँझेच्यानडाँडाकै सिम्ले सिँचाइ योजना सम्झौताको चरणमा रहेको साना सिँचाइ कार्यक्रमका सिनियर टेक्निकल अफिसर बिकले बताए ।

प्रकाशित: ४ असार २०७७ १२:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App