७ वैशाख २०८१ शुक्रबार
समाज

होम स्टेका लागि बहुउद्येश्यीय भवन

गुरुङगाउँ बहुउद्येश्यीय भवन । तस्बिर : दिनेश/नागरिक

रोल्पा नगरपालिका वडा न. ४ मा रहेको गुरुङगाउँ होम स्टेलाई मध्यनजर गर्दै बनाइएको गुरुङगाउँ बहुउद्येश्यीय भवन हस्तान्तरण गरिएको छ । भवन डिभिजन कार्यालयले निर्माण गरेको यहाँ ३ वटा भवन, मन्च, पिकनिक पार्क समेत रहेको छ । पर्यटन प्रर्बद्धन गर्ने उद्येश्यका साथ बहुउद्येश्यीय भवन तयार गरिएको हो ।  

यो भवन बने संगै गुरुङगाउँ होम स्टेमा आउने पर्यटकहरुलाई सहज हुनेछ । ‘यो बहुउद्येश्यीय भवन हो । पिकनिक पार्कमा आउनेहरु यतै होम स्टेमा बस्न सक्ने छन् । अन्य कार्यक्रममा पनि प्रयोग गर्न सकिने छ ।’ भवन डिभिजन प्रमुख महेशबहादुर सिंहले भने ‘नवनिर्मित भवनमा मिटिङ हल, गेस्ठ रुम लगायत अन्य कोठाहरु पनि छन् ।’

भ्याट बाहेक २ करोड ८९ लाख लाग रहेको यो संरचना बनाउन स्थानीयहरुले जग्गा दान गरेका थिए । दुई वर्ष बढि समय लगाएर तयार गरिएको भवनले होम स्टे संचालकलाई पनि सहयोग पुग्ने देखिन्छ ।  

बिहीबार एक कार्यक्रमका बीच भवन हस्तान्तरण गरिएको हो । भवन डिभिजन कार्यालय प्रमुख महेशबहादुर सिंहले जिल्ला समन्वय समिति प्रमुख, जिल्ला स्थित सुरक्षा निकाय प्रमुख, पत्रकार र स्थानीयको रोहबरमा रोल्पा नगरपालिकाका प्रमुख पुर्ण केसिलाई भवन हस्तान्तरण गरेका थिए । 

प्रकाशित: ४ असार २०७७ ११:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App