१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तीन स्थानमा स्मार्ट शौचालय

भरतपुर महानगरले नगर क्षेत्रका तीन स्थानमा स्मार्ट शौचालय निर्माण शुरु गरेको छ। भरतपुर महानगरपालिकाको आवतजावत बढी हुने चौबीसकोठी, गोन्द्राङ र रामनगरमा स्मार्ट शौचालय निर्माणको काम थालिएको हो।

ती स्थानमा स्मार्ट शौचालय बनाउन लागिएको हो। भरतपुर महानगरपालिका–१२ स्थित रामवेल सामुदायिक वनमा रहेको राइनो चिल्ड्रेन पार्क परिसरमा शुक्रबार स्मार्ट शौचालयको शिलान्यास गरिएको छ। वाग्मती प्रदेशसभा सदस्य विजय सुवेदी र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले संयुक्तरूपमा स्मार्ट शौचालयको शिलान्यास गरेका हुँन्।

भरतपुर महानगर र प्रदेश सरकारको एक करोड २० लाख रुपैयाँ लागतमा शौचालय निर्माण हुनेछ। निर्माणको जिम्मा ज्योति निर्माण सेवाले पाएको छ। स्मार्ट शौचालय सुबिधा सम्पन्न हुने छ। पाँचौँ नगरसभाबाट निर्णय गरेर प्रदेश सरकारसँगको साझेदारीमा शौचालय निर्माण गर्न लागिएको महानगर प्रमुख दाहालले बताए। उनले राइनो पार्कको विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको र दुई करोड ५० लाख रुपैयाँमा लागतमा पार्क निर्माणको लागत तयार भएको जानकारी दिए।

शौचालयमा महिला र पुरुषको छुट्टाछुट्टै कोठासँगै अपाङ्गमैत्रीसमेत हुने महानगरकी आर्किटेक इञ्जीनियर अस्मिता खनालले जानकारी दिइन्। उनले शौचालयको बाहिरी क्षेत्रमा स्मार्ट कार्डकक्ष रहने र त्यहाँ सिक्का खसालेर शौचालय प्रवेश गर्न सकिने बताइन। लम्बाइ ३३ फिट र चौडाइ २२ फिटमा बन्ने शौचालय आकर्षक हुने उनको भनाइ छ।

प्रकाशित: २४ जेष्ठ २०७७ ०५:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App