१२ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
समाज

१० महिनामा २ लाख ३२ हजारले गरे पाथीभराको दर्शन

फाइल तस्बिर

पाथीभरा मन्दिरमा २ लाख ३२ हजार बढी दर्शनार्थी मन्दिरको दर्शनका लागि पुगेका छन् । गत साउनदेखि यो बैशाखसम्ममा २ लाख ३२ हजार ५ सय ३४ जना दर्शनार्थी मन्दिर पुगेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।  

क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार बैशाख महिनामा मात्र ५२ हजार २ सय २८ जना दर्शनार्थी मन्दिरको दर्शनका लागि पुगेका छन् । साउन देखि चैत मसान्तसम्ममा १ लाख ८० हजार ३ सय ६ जना दर्शनार्थी मन्दिरको दर्शनका लागि पुगेका थिए । चालु आवको सबैभन्दा बढी दर्शनार्थी बैशाख महिनामा पुगेका छन् । चैत महिनामा ४८ हजार १ सय ५५ जना मन्दिर पुगेका थिए । साउन महिनामा २ हजार १ सय ४६ जना,भदौमा ४ हजार ५ सय ३ जना,असोजमा २९ हजार १ सय ७४ जना,कात्तिममा ४२ हजार २ सय ६१ जना,मंसिरमा १९ हजार १ सय ८१ जना, पुसमा ५ हजार ९ सय ११ जना, माघमा १० हजार ३ सय २३ जना र फागुनमा १८ हजार ६ सय ५२ जना पाथीभरा मन्दिर पुगेको क्षेत्र विकास समितिले जनाएको छ ।  

बैशाख महिनामा मात्र पाथीभरा मन्दिरबाट १ करोड ६ लाख २८ हजार रुपैयाँ भेटि संकलन भएको छ । चैत महिनामा ४८ हजार १ सय ५५ जना मन्दिर पुगेका थिए । चालु आवको बैशाख मसान्तसम्ममा ४ करोड २ लाख ७० हजार ६०० रुपैयाँ भेटी संकलन भएको क्षेत्र विकास समितिले जनाएको छ ।  

 

प्रकाशित: १ जेष्ठ २०८३ १९:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App