कपिलवस्तुमा कोभिड १९ थप ४४ जना पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार महराजगंज नगरपालिका १५ र यशोधरा गाउपालिमा २९ संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यायलले जनाएको छ । महाराजगन्ज नगरपालिका–९ का १८,२० वर्षिय पुरुष र वाड १० का १६ देखि ४८ वर्षका १३ जना पुरुष छन् ।
यस्तै यशोधरा गाउँपालिका–७ का ८ वर्षीय महिला र १६ देखि ५२ वर्षसम्मका २८ जना पुरुष छन् । भेटिएका सबै संक्रमति भारतबाट ३ साता अघि नेपाल फर्कका हुन्। सबै जना क्वारेन्टिनमा बसेका छन् ।
जिल्लाको यशोधरामा १ सय ३५, महराजगंजमा ६५, मायादेबीमा ५४, शिवराजमा ४८, कृष्णगनरमा ५२ , सुद्धोदनमा २९, कपिलवस्तु नपामा २९, बुद्धुभुमीमा २५ , बिजयनगरमा मा १६, बाण्गंगामा २२ संक्रमित भेटिएका छन । जिल्लामा ३२ जना कोरोनामुक्त भएका छन्।
प्रकाशित: २३ जेष्ठ २०७७ १०:१५ शुक्रबार