२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सिन्धुपाल्चोकमा भारतबाट फर्केकाको पिसिआर परीक्षण गर्ने

पछिल्लो समय भारतबाट फर्केर क्वारेन्टिनमा बसेका सबैको पिसिआर विधिबाट कोरोना संक्रमण परीक्षण गरिने भएको छ । भारतबाट जिल्ला फर्कने लहर चलेपछि जिल्ला बिपद् व्यवस्थापन समिति (डिसिसिएमसी) ले उनीहरुको पिसिआर गर्ने व्यवस्था मिलाएको हो । भारतबाट फर्कने  सबैलाई क्षेत्रीय क्वारेन्टिनमा अनिवार्य दुई साता राख्ने व्यवस्था मिलाइएको छ ।  

मुलुकभर भारतबाट फर्केकाहरु नै संक्रमित पाइएपछि पिसिआर परीक्षण गर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । उनका अनुसार पछिल्लो सातायता  भारतबाट ५७ जना जिल्लावासी फर्किएका छन् । उनीहरुलाई तीन स्थानमा रहेका क्षेत्रीय क्वारेन्टिनमा राखिएको छ ।  

डिएमसिसीले पिसिआरबाट कोरोना नदेखिए पनि क्वारेन्टिनबाट घर फर्कनुअघि उनीहरुको आरडिटी गर्ने व्यवस्थासमेत मिलाएको छ । घर फर्कँनुअघि आरडिटी गर्नुपर्ने व्यवस्था अरुको हकमा पनि लागू हुने प्रजिअ ढकालले जनाए । भारतबाट फर्किएका सहित जिल्लाका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा अहिले एक सय पाँच जनालाई राखिएको छ । 

प्रकाशित: १९ जेष्ठ २०७७ १२:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App