८ वैशाख २०८१ शनिबार
समाज

संक्रमण देखिएका दोलखाका वृद्धको सम्पर्कमा पुगेकाहरुको खोजी

उच्च रक्तचापका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उपचारका लागि दोलखाबाट राजधानीको सिनामंगलस्थित काठमाडौ मेडिकल कलेज पुर्‍याइएका जिल्लाका एक वृद्धमा कोरोना भाईरसको संक्रमन देखिएपछि उनको सम्पर्क भएका मानिसहरुको खोजी सुरु गरिएको छ ।  

उपचारका क्रममा दोलखाबाट ५ दिन अघि राजधानीको सिनामंगलस्थित केएमसी लगिएका भीमेश्वर नगरपालिका २ तिखातलका ७६ वर्षिय ति वृद्धलाई बिहीबार बिहान कोरोना पुष्टी भएको थियो ।  

गत शनिबार राती घरमै बसिरहेका उनलाई अचानक टाउको दुख्ने समस्या देखिएपछि नजिकैको दोलखा बजारमा धुलिखेल अस्पतालले सञ्चालन गरेको स्थानीय अस्पतालमा लगिएको थियो । रक्तचाप समेत  अत्याधिक भएकोमा समस्या देखिएपछि मस्तिष्कघातको आशंकामा सिटि स्क्यानका भोलीपल्ट बिहान थप उपचार गर्न उक्त अस्पतालले ति बृद्धलाई राजधानी रिफर गरेको थियो । जिल्लामा सिटि स्क्यान गर्ने सुविधा छैन्।  

राजधानी लगिएपछि बुधबार दुई पटक पिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनमा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख बिभु कुमार झाले जानकारी दिए ।  

उनका अनुसार रक्तचाप र सुगरका बिरामी ति बृद्धमा रक्तचाप बढेर टाउकोमा समस्या देखिएपछि मस्तिष्कघातको आशंकामा सिनामंगल स्थित काठमाण्डौ मेडिकल कलेज भर्ना गरिएको थियो । ‘मेडिकल कलेजले स्वाब परीक्षणका लागि पठाउदा पोजेटिभ देखिए लगतै उहाँलाई त्रिभुवन विश्वबिद्यालय शिक्षण अस्पताल (टिचिङ) लगिएको रहेछ’ झाले भने । उनका अनुसार ति वृद्धको भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ । 

संक्रमण देखिएपछि स्वास्थ्य मन्त्रालयले सुरुमा उनको उपचारमा संलग्न केएमसीका चिकित्सक र स्वास्थ्यकर्मीहरुको परीक्षण सुरु गरेको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माका अनुसार सुरुमा उनको उपचारमा संलग्न चिकित्स र स्वास्थ्यकर्मीहरुको पिसिआर परीक्षण थालिएको जानकारी आफुले पाएको बताए । ‘उनलाई काहाँबाट संक्रमण देखियो भनेर सुरुमा अस्पताल भित्रै ट्रेसिङ सुरु भएको जानकारी आएको छ’ शर्माले भने – ‘जिल्लामा समेत हामीले कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिसकेको छौं’ ।  

स्वास्थ्य कार्यालयका प्रमुख झा का अनुसार ति संक्रमीत बृद्ध घरमै बस्ने र बाहिर हिडडुल कम गर्ने गरेका थिए । उनी भारतिय सेनाका निवृत्त सैनिक थिए । लकडाउन सुरु हुनु अघि ति वृद्ध पेन्सन लिन चरिकोटबाट गाडी रिजर्भ गरेर बिरगञ्ज र भारतीय सिमानाका शहर पुग्ने गर्थे । छिमेकीका अनुसार लकडाउन पछि उनी घर बाहिर निस्किएका थिएनन् । हिडडुल कम गर्ने उनको स्वभाव थियो ।  

घरमा बुहारी र नाती बस्थे । अर्का नाती भने भक्तपुरको दुवाकोट बस्दै आएका थिए । स्थानीयका अनुसार लकडाउनकै बिचमा उनलाई भेट्न एक आफन्त सैनिक जवान घरमा आएका थिए । खोटाङमा कार्यरत ति सैनिक जवान अहिले चरिकोटमै रहेको र बृद्धलाई संक्रमण पुष्टी भए लगतै छुट्टै क्वारेन्टाईनमा राखिएको स्थानीय अधिकारीहरुले बताएका छन् । ति सैनिक जवानसंग उठबस भएका ब्यारेकका केही सैनिकहरुलाई समेत छुट्टै राखिएको छ ।  

स्वास्थ्य कार्यालयका प्रमुख झाका अनुसार बृद्धलाई सुरुमा अस्पताल लगेका छमेकी, आफन्त, सवारी चालक र स्थानिय अस्पतालका स्वास्थ्यकर्मीको स्वाब लिएर परीक्षण गर्ने तयारी थालिएको छ ।

 

प्रकाशित: १५ जेष्ठ २०७७ ०९:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App