१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

शिक्षकद्वारा १५ वर्षीया बालिका बलात्कृत

महाराजगन्ज नगरपालिका–२ उनवलियामा १५ वर्षीया बालिका शिक्षकबाटै बलात्कृत भएकी छन् । महाराजगन्ज–१ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय औराहाका शिक्षक २८ वर्षीय गोरखनाथ लोहारले बालिका बलात्कार गरेका हुन् । अहिले उनी फरार भएका छन् ।  

लोहारले मंगलबार राति बालिकालाई तानेर घरको पछाडि लगी बलात्कार गरेको बालिकाका परिवारले आरोप लगाएका छन् । घरपछाडि अचेत अवस्थामा बालिकालाई परिवारले फेला पारेको थियो । त्यसलगत्तै पीडित बालिकाका परिवारले प्रहरीलाई जानकारी गराएको थियो । पीडक लोहारलाई समात्न खोज्दा गाउँका केही व्यक्तिले उनलाई भगाएको पीडित बालिकाको परिवारले गुनासो गरेका छन् ।

बालिकाको बहादुरगन्ज अस्पतालमा स्वास्थ्य जाँचसमेत गरिएको छ । पीडित बालिकाको परिवारले लोहारविरुद्ध वडा प्रहरी कार्यालय चन्द्रौटामा किटानी जाहेरी दिने बताएको छ ।  

फरार पीडक लोहारको खोजी कार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले बताए । लकडाउनका बेला कपिलवस्तुमा बलात्कारका घटना बढेका छन् ।

प्रकाशित: १४ जेष्ठ २०७७ १९:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App