१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोना संक्रमित गाउँपालिका अध्यक्ष भन्छन्, 'एकान्तबासलाई अवसरको रुपमा लिएको छु'

प्रतिकात्मक तस्बिर

गुल्मीकोधुर्कोट गाँउपालिकाका अध्यक्ष  भुपाल पोख्रेल लकडाउन सुरु हुनुअघि देखि नै जिल्ला छोडेका थिएनन्। कोरोनाको जोखिम बढेसँगै गाँउबाट रोजगारी, पेशा व्यवसायका लागि धुर्कोट बाहिर रहेकाहरु पनि फकर्ने क्रम सुरु भयो। यो क्रम लकडाउनपछि झन बढ्यो।

कोभिड १९ बिरुद्धका बिभिन्न अभियानसँगै क्वारेन्टिनमा व्यवस्थापन तथा  आइसोलेसन वार्ड तयार गर्ने लगायतका काममा दिन रात नभनी खटिए। आफ्ना पालिकाका जनतालाई कोरोना  संक्रमणको जोखिमबाट बचाउन खट्दा खट्दै सोमबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाबाट उनले कोरोना पोजेटिभ रिर्पोट आएको जानकारी पाए ।

लगतै उनले आफुसँगै काम गरेका वा सम्पर्कमा रहेकाहरुलाइ जानकारी गराउँदै कन्ट्रयाक्ट ट्रेसिङ गर्नु पर्ने भएकाले क्वारेन्टाइनमा बस्न आग्रह गरे। सोमबार उनले  बिज्ञप्ति नै निकालेर आफुलाई कारोना भएकाले केहिदिन एकान्त बासमा बस्ने र छिट्टै निको भएर काममा फर्कीने प्रतिबद्धता जनाए। विज्ञप्तिमा उनले भनेका छन् ‘एकान्त बासलाई अवसरको रुपमा लिएको छुँ। यो बेला मनोबल उच्च बनाइ रोगलाई जित्ने र समृद्ध धुर्कोटकालागि योजना बनाउने अबसरमा परिणत गर्ने छु’। सम्पुर्ण संक्रमित र अन्य सबैलाई  उनले कोरोना बिरुद्धको लडाइमा दृढ शाहसका साथ लाग्न आग्रह गरेका छन्। 

यसअघि भारतबाट आएकालाई आरडिटि र तेश्रो मुलुकबाट फर्केकाको  पिसीआर टेष्ट गरिएको थियो। तर गत ५ गते छिमेकी गाउपाका एक जना शिक्षकको कोरोना पोजेटिभ रिर्पोट आयो। उनको बुटवलमा उपचारकै क्रममा मृत्यु भइसकेको छ। कन्ट्रयाक्ट ट्रेसिङका क्रममा अर्का एक जनामा पनि पोजेटिभ रिर्पोट आएपछि  धुर्कोटका जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको आरडिटि गरियो। 

जसमा एक जना जनप्रतिनिधिको रिर्पोट पोजेटिभ देखियो। त्यसपछि बल्ल ती जनप्रतिनिधिसहित अध्यक्ष पोख्रेलको थ्रोट स्वाब  भैरहवा पठाइयो। आरडिटि नेगेटिभ देखिएका पोख्रेललको पिसीआर पोजेटिभ आयो। अर्का जनप्रतिनिधिको रिपाेर्ट पेन्डिङमा रहेको बताइएको छ।  

कोरोना संक्रमण पुष्टि भएपछि उनी गाँउपालिकाकै कार्यालय भवनमा रहेको डेरामा  बसेका छन्।  आफुलाई कुनै स्वास्थ्य समस्या देखिए तुरुन्तै अस्पताल जाने बताएको गाँउपालिकका प्रमुख  प्रशासकीय अधिकृत काशीराम पन्थीले बताए। अध्यक्ष पोखरेलले आफू जिल्ला सदरमुकाम बाहेक अन्यत्र वा जिल्ला बाहिर नगएको बिज्ञप्तिमै लेखेका छन्। केही दिनअघि उनी सदरमुकामस्थित विपत व्यवस्थापन समितिको मिटिङमा गएका थिए। त्यसैले उनको सम्पर्कमा रहेका सुरक्षा निकायका प्रमुख,जिल्ला प्रशासन तथा स्वास्थ्य कार्यालयका प्रमुख सहित कर्मचारी गरी ४४ जनाको थ्रेट स्वाब संकनल गरी परिक्षणकालागि पठाइएको छ ।

उनको  प्रत्यक्ष सम्पर्कमा रहेर काम गरिरहेका गाँउपालिकका प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी, जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुको भने स्वाब संकलन गरिएको छैन। अध्यक्षसंग प्रत्यक्ष सम्पर्कमा रहेर दिनहु कार्य सम्पदानमा खटिनेहरुको पनि छिटो स्वाव संकलन गरी परीक्षण गरिनु पर्नै भन्दै कर्मचारीहरुले चिन्ता व्यक्त गरेका छन्। 

अध्यक्षललाई नै संक्रमण देखिएपछि धुर्कोट गाँउपालिकाको केन्द्र रहेको वडा न ४ को बरबोट क्षेत्र सिल गरिएको र स्वास्थ्य सुरक्षा सर्तकता अपनाइएको  प्रमुख प्रशासकीय अधिकृत पन्थले बताए। जिल्ला बाहिर नगएका वा कोरोनाकालागि सहयोगी ट्राभल हिष्ट्रि नभएकाहरुमा नै संक्रमण देखिएको भन्दै स्वास्थ्यका अधिकारीहरुले कोरोना समुदायमै फैलिसकेको हुन सक्ने आशंका गर्न थालेका छन्।  

सोमबार पोजेटिभ रिर्पोट आएका अर्का एक व्यक्ति भनेकेही दिन अघि भारतबाट आएर क्वारेन्टाइनमा राखिएका व्यक्ति हुन। ती व्यक्ति दीर्घरोगी रहेको र अहिले आइसोलेसनमा राखेर उपचार सुरु गरिएको पनी पन्थले बताए।  

प्रदेश नंं ५ माअहिले मंगलबार सम्मसंक्रमितको सख्या ३ सय ३० पुगेको छ। सबैभन्दा धेरै बाँकेमा १५४, कपिलबस्तुमा १०९,रुपन्देहीमा ४४, बर्दियामा ७,नवलपरासीमा ५ जना दाङमा ५  जना गल्मीमा  ४ र अर्घाखाँचीमा २ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। प्रदेशका पहाडी जिल्ला पाल्पा,प्युठान,रोल्पा,रुकुममा अहिले सम्म संक्रमित भेटिएका छैनन्। संक्रमित मध्ये ३३ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

प्रकाशित: १३ जेष्ठ २०७७ १५:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App