१२ कार्तिक २०८१ सोमबार
image/svg+xml
समाज

कोरोना नेगेटिभ देखिए पनि आमाछोरा डेरामा छिर्न पाएनन्

कोरोना भाइरस नेगेटिभ हुँदा पनि सर्लाहीका आमाछोराले ललितपुरको हरिसिद्दीस्थित डेरामा प्रवेश पाएका छैनन् । काठमाडौंको टेकु अस्पतालबाट दुई पटकको स्वाब परीक्षणमा कोरोना भाइरस नेगेटिभ रिपोर्ट आएपछि हरिसिद्दीस्थित कोठामा जाँदा घरबेटीले प्रबेश नदिएको उनले गुनासो गरे । 'हरिसिद्दीमा कोठा छ भनेपछि अस्पतालको एम्बुलेन्सले म र आमालाई यही ल्याएर छाडिदियो, तर बिहानदेखि कोठामा प्रवेश गर्न पाएका छैनौं', नागरिकसँग उनले गुनासो गरे, 'अब अन्त बस्ने ठाउँ पनि छैन, यहाँ पनि बस्न नदिए रात कसरी काट्ने भन्ने चिन्ता भयो ।'

अहिले पनि वडाध्यक्षज्यु, घरबेटी लगायत टोलका मान्छेहरू हरिसिद्दीस्थित प्रहरी कार्यालयमा जम्मा भएर छलफल गरिरहेको उनले बताए । '२ गते जाँदा परीक्षण रिपोर्ट नेगेटिभ लिएर आएपछि मात्र कोठामा प्रवेश गर्नुस् भनियो, अहिले दुई पटकको परीक्षण नेगेटिभ आएपछि अस्पतालबाट आउँदा बिहानदेखि आनाकानी भईरहेको छ', उनले गुनासो गरे, 'सबै गाउँलेहरुलाई सोधेर मात्र छिर्न दिने भनेर रोकिएको छ ।'

३/४ वर्षदेखि सोही कोठामा आफू र आमा बस्दै आएको र लकडाउन भन्दा १५ दिन अगाडी आमालाई कोठामै छाडेर आफूमात्र सर्लाही बागमती नगरपालिका-९ स्थित घर गएको उनले बताए । 'जेठ २ गते काकीलाई एक्कासी छाती पोलेपछि एम्बुलेन्समा राखेर उपचार गराउन काठमाडौ आएँ र अस्पतालमा भर्ना गरेपछि सँगै आएको भाईलाई जिम्मा छाडेर आमालाई भेट्न कोठा गएको थिए', सोमबार दिउँसो उनले भने, 'कोठा जाँदा घरबेटीले परीक्षण गराएर मात्र आउन भनेपछि टेकु जाँदा पहिलो रिपोर्ट पोजेटिभ आयो अनि अस्पतालमै बसेर थप दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि आज आमा र म पुनः कोठा जाँदा प्रवेश गर्न पाईएको छैन ।' आफूलाई पोजेटिभ देखिएपछि आमालाई पनि टेकु बोलाएर परीक्षण गराउँदा नेगेटिभ रिपोर्ट आईसकेको उनले बताए ।

'खासमा गाउँकै विद्यालयमा पढाउनका लागि नाम निस्किएकाले, अब गाउँमै बस्ने निश्चित भईसकेको छ', उनले भने, 'आजको रात कोठामा बस्ने र भोली सामान प्याकिङ गरेर गाउँ फर्कने विचार थियो, तर अहिलेसम्म कोठामै पस्न पाईएन ।'

३४ वर्षीय अविवाहित उनले ७/८ वर्षदेखि आफू र आमा हरिसिद्दी क्षेत्रमै बस्दै आए पनि अहिले अपमानजनक व्यवहार सहनु परेको गुनासो गरे ।

प्रकाशित: १२ जेष्ठ २०७७ १२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App