११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

रोहिणीमा देखिए कोरोना संक्रमित

रुपन्देहीको रोहिणी गाउँपालिकामा पनि एक जनामा कोभिड–१९ पिसिआर पोजिटिभ देखिएको छ । रोहिणी गाउँपालिकाका ५५ वर्षिय पुरुषमा कोभिड–१९ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

यससंगै रुपन्देहीमा संक्रमित हुनेको संख्या ३७ पुगेको छ । आजै रुपन्देहीको गैडहवा गाउँपालिकामा पनि ७ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

रोहिणी गाउँपालिकाममै पहिलो संक्रमित देखि पछि स्थानियमा त्रास देखिएको छ । यता रोहिणी गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै स्थानीयहरुलाई नआत्तिन अनुरोध गरेको छ । संक्रमित ब्यक्ति दिल्लीबाट सिधै धकधईको रामनरेश माध्यमिक धकधईमा रहेको क्वारेन्टिनमा बसेकोले गाउँपालिकाले सर्वसाधारणलाई नआत्तिन अपिल गरेको छ ।

रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तीमा गाउँपालिकावासीलाई अझै बढी सतर्क हुन अनुरोध गरेको छ । यसको विकल्प भनेको लकडाउनको प्रभावकारी कार्यान्वयन भै रहेको हुँदा सबैलाई लकडाउनको पालना गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।

प्रकाशित: १० जेष्ठ २०७७ ०८:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App