coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पक्की प्रशासनिक भवन बनाउँदै गाउँपालिका

दिप्रुङ चुईचुम्मा गाउँपालिकाले बनाउन लागेको प्रशासनिक भवनको डिजाइन । तस्बिर : नागरिक

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पक्की प्रशासनिक भवन निर्माणको तयारी थालेको छ । लकडाउनकैबीचमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीको याङ्सोलाटारस्थित गाउँपालिकाको केन्द्रमा पक्की प्रशासकीय भवन निर्माणको प्रकृया थालिएको हो । 

वर्ष दिन अघि प्रि–फ्याक भवन बनाएको गाउँपालिकाले पुःन एक करोडको खर्चमा पक्की भवन निर्माण गर्न लागेको हो । सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयसँगको साझेदारीमा तीन तले प्रशासनिक भवन निर्माणका लागि शुक्रबार टेण्डर आव्हान गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । भवन निर्माणका लागि मन्त्रालयले चालु आर्थिक वर्ष २० लाख बजेट उपलव्ध गराएको छ ।  

पक्की भवन निर्माणका लागि ८० लाख बिनियोजन गरेर डिपिआर तयार पारिसकेको अवस्थामा संघीय सरकारले स्थानीय तहको प्रशासनीक भवन निर्माणका लागि साझेदारी गर्नेगरी कार्यविधि बनाएपछि साझेदारी गरेरै भवन बनाउन लागिएको हो । गाउँपालिकाले बिनियोजन गरेको बजेटमध्ये १३ लाख डिपिआरमा खर्च भइसकेको अध्यक्ष राईले बताए । 

दिप्रुङमा सभाहल, कार्यपालिकाको बैठक कक्ष, न्यायीक समितिको इजलास, अध्यक्ष÷उपाध्यक्षको कार्यकक्ष, प्रशासनिक फाँट, वडाध्यक्ष तथा उनका प्रतिनिधि बस्ने कक्ष, क्यान्टिन लगायतका संरचना भएको भवन निर्माण गर्न लागिएको हो । भवन आगामी आर्थिक वर्ष पुरा गर्नेगरी टेण्डर खुलाइएको अध्यक्ष राईले बताए ।  

भवनको भुइँतला अपांगतामैत्री हुने छ भने माथिल्लो तला उक्लिनका लागि लिफ्ट समेत राखिने गाउँपालिकाले जनाएको छ । भवनको अगाडि सेवाग्राही बस्ने फ्रि–वाइफाई सहितको प्रतिक्षालय निर्माण गर्ने डिपिआरमा उल्लेख छ ।  

 

 

प्रकाशित: १० जेष्ठ २०७७ ०८:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App