९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

लुम्बिनीमा थप एक जनामा कोरोना संक्रमण

लुम्बिनीमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ ।  श्रीलंकन गेष्ट हाउसको क्वारेन्टिनमा बस्दै आएका २७ वर्षीय युवामा कोरोना पोजिटिभ देखिएको हो । उनी कामको सिलसिलामा भारतको मुम्बई बस्दै आएका थिए ।  

लुम्बिनी सांस्कृतिक नागरपािलका– १३, ओडवलिया घर भएका उनी वैशाख २८ गते चोरबाटो हुदै नेपाल प्रवेश गरेका थिए । नेपाल आउँदै गरेको खबर स्थानीयबाट पाउनासाथ उनलाई स्वासथ्य शाखाले क्वारेन्टिनमा राखेको थियो । आइतबार राती स्वाब संकलन गरी परिक्षण गर्दा अहिले नतिजामा उनीमा कोभिड–१९ भाइरस पोजिटिभ देखिएको स्वास्थ्य शाखा प्रमुख धु्रव राज घिमिरेले जानकारी दिए ।  

उनीसँगै सो क्वारेन्टिनमा ७१ जना बस्दै आएका छन, १० जनाको स्वाब परिक्षण पहिलै भए पनि बाकी ६१ जनाको आइतबार नमुना संकलन गरी स्वाब परिक्षण नतिजा आज आएको एक जना बाहेक सबैको नतिजा नेगेटिभ आएको छ घिमिरेले नागरिक न्यूजलाई बताए ।  

उनीको कोठामा ६ जना बसेपनि उनीमा मात्र कोरोना पोजिटिभ आएको छ । उनलाई अहिले लुम्बिनीमै आइशोलन कक्षमा राखिएको छ । लुम्बिनीका अन्य ११ जना संक्रमित भैरहवाको भिम अस्पताल र बुटवलको धागो कारखानामा स्थापित कोरोना विशेष अस्पतालमा उपचाररता भए पनि आजको विरामी हाल सम्म लुम्बिनीको क्वारेन्टिनमै रहेका छन् । 

रुपन्देहीका कोरोना उपचार कक्षहरु भरिएकोले उपचारका लागि कहाँ पठाउने सम्बन्धमा मन्त्रालय, स्वास्थ्य कार्यालयसँग सछलफल र समन्वय भइरहेको नगरपालिकाले जनाएको छ ।  

प्रकाशित: ८ जेष्ठ २०७७ १४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App