२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

कोरोना संक्रमणबाट नेपालमा दोस्रो व्यक्तिको मृत्यु

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या दुई पुगेको छ। आइतबार बाँकेको क्वारेन्टाइनमा रहेका २५ वर्षिय पुरुषको कोरोना भाइरसकै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बाँकेको नरैनापुर ५ का २५ वर्षिय युवकको कोरोना भाइरस संक्रमणका कारण निधन भएको हो। गत वैशाख ३० गते भारतबाट आएका ती युवकमा गएरातिबाट ज्वरो र झाडापाखाला लगायतका समस्या देखिएको थियो। उनको आज बिहान क्वारेन्टाइनमै निधन भएको हो। उनको स्वाव परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको प्रवक्ता देवकोटाले बताए। घटनाको विवरण आउन बाँकी रहेको उनले बताए। यसअघि धुलिखेल अस्पतालमा २९ वर्षिया सुत्केरी महिलाको कोरोना भाइरसकै कारण मृत्यु भएको थियो। धुलिखेल अस्पतालमा निधन भएकी महिलाको कन्ट्याक्ट ट्रेसिङ भइरहेको मन्त्रालयले जनाएको छ। सोहीक्रममा उपत्यकाका विभिन्न स्थानमा ४ सय बढीको नमुना परीक्षणको तयारी मन्त्रालयले गरेको छ।  जसमा १ सय ५० जनाको पिसिआर र २ सय ५० आरडिटी परीक्षणका लागि नमुना संकलन सुरु भएको उनले बताए।

प्रकाशित: ४ जेष्ठ २०७७ ११:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App