२ असार २०८१ आइतबार
image/svg+xml
समाज

रतुवा मृगको शिकार गरेको आरोपमा सात पक्राउ

गोरखाको गण्डकी गाउँपालिका–८ सिउरेनीटारबाट मृगको शिकार गरेको आरोपमा सात जनालाई शुक्रबार पक्राउ गरिएको छ । पक्राउ पर्नेमा स्थानीयवासी मधु भुजेल, दुर्गाबहादुर भुजेल, खुमबहादुर माझी, डिबी सापकोटा, शिव रेग्मी, पूर्णबहादुर माझी र रोल्पा जिल्ला घर भइ सिउरेनीटार बस्दै आएका इन्द्रजित ओली रहेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख तोयानाथ पौड्यालले जानकारी दिए।

पक्राउ परेकाहरुले रतुवा मृग शिकार गरेको पाइएको उनले बताए । जङ्गलबाट मृगको शिकार गरी घरमा ल्याएर मासु काटेर भागभण्डा गरिरहेको अवस्थामा स्थानीयवासी खुमबहादुर माझीलाई गत आइतबार मासुसहित प्रहरीले पक्राउ गरी डिभिजन वन कार्यलाई बुझाएको थियो भने अन्य भागेका थिए ।

घटनामा संलग्नहरुको खोजी गर्दै जाँदा उनीहरु सबै पक्राउ परेको प्रमुख पौड्यालले बताए । “माझीलाई पक्राउ गरी अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न थप छ जनाको पहिचान भएपछि उनीहरुलाई पनि पक्राउ गरिएको हो”, उनले भने, “पक्राउ परेका सबै मृगको शिकार गर्न सहभागी भएको पाइएको छ ।”

पक्राउ परेकाहरु माथि वन ऐन अनुसारको वन्यजन्तु अवैध शिकार गरेको कसुरमा मुद्दा दर्ता गर्ने गरी अनुसन्धान अघि बढाइने प्रमुख पौड्यालले बताए । घटनास्थलबाट बरामद गरिएको मृगको मासु भने स्थानीय जनप्रतिनिधिको रहोवरमा डिभिजन वन कार्यालय परिसरमा गाडिएको उनले जानकारी दिए । 

प्रकाशित: ३ जेष्ठ २०७७ ०५:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App