५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सुदूरपश्चिम प्रदेशमा दुई महिनापछि खाद्यान अभाव हुने

कोरोना भाइरसको संक्रमणबाट जोगिन देश ५२ दिनदेखि लकडाउनमा छ । लकडाउनका कारण किसानका कतिपय उत्पादन नोक्सानसमेत भएको छ । ढुवानी र आपूर्ति व्यवस्था पनि नियमित हुन सकेको छैन । लकडाउन लम्बिँदै जाँदा सुदूरपश्चिम प्रदेशमा अहिलेकै अवस्था रहेमा अवको २ महिनापछि खाद्यान्न अभाव हुने देखिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख अनिलकुमार श्रेष्ठ अहिले निजीक्षेत्रसँग पनि खाद्यान्न मौज्दात रहेको तर अवस्था सुृधार नभएमा २ महिनापछि अभाव खेप्नुपर्ने बताउँछन् । ‘हामीसँग पनि ८,९ हजार क्विन्टल धान र चामल मौज्दात छ,’ उनी भन्छन्, ‘पहाडी जिल्लामा हामीलाई वितरण गर्न यसले १ महिना पुग्छ ।’

२० हजार क्विन्टल खरिदका लागि टेण्डर प्रक्रिया थालिएको र त्यसअनुसार खाद्यान उपलब्ध भएमा सहजता हुने उल्लेख गर्दै त्यसअनुसार खाद्यान नपाए समस्या हुने उनको भनाइ छ । यसैगरी समग्र सुदूरपश्चिममा निजी क्षेत्र, किसानसँग मौज्दात रहेको गरेर २ महिना जती पुग्ने उनी बताउँछन् । ‘किसानले नियमित उत्पादन गर्न सकेमा, ढुवानी सहज भएमा समस्या हुँदैन,’ उनी भन्छन्, ‘कोरानाले यस्तै असहज अवस्था भएर किसानले नियमित उत्पादन गर्न सकेनन् र बजारमा मौज्दात रहेको सिद्धिने हो भने २ महिनापछि समस्या हुने देखिन्छ ।

सुदूरपश्चिम प्रदेशका सरकारका कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले सुदूरपश्चिममा अहिले नै खाद्यान्न अभाव हुने अवस्था नरहेको बताइन् । खाद्यान पर्याप्त अवस्थामा रहेको उनको भनाइ छ । कोरोनाको कारण खाद्यान्न अभाव हुन नदिन प्रदेश सरकारले योजना बनाइरहेको उनले बताइन् । ‘अहिलेलाई पर्याप्त छ, कोरोनाको कारण अभाव हुन नदिन हामीले विशेष ध्यान दिएका छौं,’ उनले भनिन् । लकडाउनका सुरु दिनमा किसानको उत्पादन केही नोक्सान भए पनि उनीहरुलाई असर नपर्नेगरी योजना बनाइराखिएको उनले बताइन् । बाहिरी देशबाट भित्रिएका युवालाईसमेत कृषि उत्पादनमा लगाउनेगरी सरकारले तयारी गर्ने उनको भनाइ छ । सुदूरपश्चिममा कैलाली र कञ्चनपुर अन्नको भण्डार मानिन्छ । तर सिँचाइ, उन्नत बिउ, मलखाद र प्रविधीको अभावले क्षमताअनुसार उब्जनी हुन सकेको छैन । 

प्रकाशित: १ जेष्ठ २०७७ १७:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App