४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

बैतडीमा स्क्रब टाइफस र औलोका बिरामी भेटिए

बैतडी- गर्मीयाम सुरु भएसँगै बैतडीमा स्क्रब टाइफस र औलोका बिरामी फेला पर्न परेका छन् । दशरथचन्द नगरपालिका– ६ का  ४८ वर्षीय पुरुषमा स्क्रब टाइफस भेटिएको छ । अत्यधिक ज्वरो आउने भएपछि धनगढीको माया मेट्रो अस्पतालमा चेकजाँच गर्दा स्क्रब टाइफस पुष्टी भएको हो । माइटका कारण सर्ने यो रोगबाट गत वर्ष बैतडीमा ४० भन्दा बढी संक्रमित भएका थिए ।

शिवनाथ गाउँपालिका–२  की ६ वर्षीया बालिकामा औलोरोग देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । इनोफेलिज जातको पोथी लामखुट्टेको टोकाइबाट हुने औलो ज्वरोका बिरामी यो वर्ष पनि देखिन थालेका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । औलो देखिएकी बालिकाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने उनका परिवारका अन्य सदस्यको औलो परीक्षण नेगेटिभ रिपोर्ट आएको शिवनाथ गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्रसिंह महताले बताए ।

पोथी लामखुट्टेको टोकाइबाट औलो सर्ने भएकाले सुत्ने बेला झुलको प्रयोग गरेर सुत्ने घरवरपरको वातावरण सफा राख्नुपर्नेमा स्वास्थ्यकर्मीले जोड दिएका छन् ।

प्रकाशित: २७ वैशाख २०७७ १०:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App