८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

गर्भवतीसँग उपाध्यक्ष’ कार्यक्रम

खलङ्गा - जुम्लाको तिला गाउँपालिकाले कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीमा पनि सामाजिक र व्यक्तिगत दूरी कायम गर्दै गर्भवती महिलालाई स्वास्थ्य संस्थाको पहुँचसम्म पुर्‍याउन सुनौलो हजार दिनअन्तर्गत ‘गर्भवतीसँग उपाध्यक्ष’ कार्यक्रम सञ्चालन गरेको छ। 

सो कार्यक्रमअन्तर्गत निरन्तररूपमा स्वास्थ्य संस्थामा जाँच गर्नेदेखि स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई पोषिलो खानेकुरा उपलब्ध गराउने र नियमितरूपमा स्वास्थ्य संस्थामा पुगेर गर्भजाँच गराउने गरिएको आएको गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताए। गाउँपालिकाको स्वास्थ्य चौकी घोडे, स्वास्थ्य चौकी राँसा, जुम्लाकोट स्वास्थ्यचौकी र कुडारी स्वास्थ्य चौकीमा पुगेर गर्भवतीलाई कोसेलीस्वरुप पोषिलो खानेकुरा वितरण गरिएको छ।

गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक जानकी हितानका अनुसार गाउँपालिकाभित्रका ६० गर्भवतीलाई पोषिलो कोसेली वितरण गरिएको छ।सो कार्यक्रमले आगामी दिनमा शतप्रतिशत गर्भवतीलाई स्वास्थ्य संस्थामा पुगेर गर्भजाँच गराउनमा महत्वपूर्ण भूमिका खेल्न स्वास्थ्य शाखा सहसंयोजक हितानले बताए।उपाध्यक्ष बुढाले साबुनपानीले नियमित हात धुन, स्यानिटाइजरको प्रयोग गर्न र घरबाहिर निस्कँदा मास्क अनिवार्यरूपमा प्रयोग गर्न व्यक्तिबीच दूरी कायम राख्ने, आफ्नो आँखा, नाक र मुख हातले नछुनेजस्ता क्रियाकलाप गरिएको बताए। रासस

प्रकाशित: २४ वैशाख २०७७ ०५:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App