८ वैशाख २०८१ शनिबार
समाज

लागुऔषधसहित एक युवक पक्राउ

लागुऔषधसहित पक्राउ परेका युवकलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिदैं । तस्बिर : महेशकुमार/नागरिक

महोत्तरी- जारी लकडाउनको मौका छोपी सीमापारिबाट लागुऔषध भित्र्याउन लागेका एक युवकलाई महोत्तरी प्रहरीले सोमबार पक्राउ गरेको छ । सीमा पारिको बजार भिटामोडबाट चकनी बजार हुँदै भारि परिमाणमा लागुऔषधसहित नेपाल भित्रिन लागेको गोप्य सूचनाको आधारमा प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटि गएको संयुक्त प्रहरी टोलीले लागुऔषधसहित जलेश्वर नगरपालिका-४ मुसरपटि घर भएका ३२ वर्षिय दिपेशकुमार पाण्डेयलाई पक्राउ गरेको हो ।

पक्राउ परेका पाण्डेय लगायतका समूहले लामो समयदेखि लागुऔषधको तस्करी गर्दै आएको सूचनाको आधारमा बाटो ढुकेर बसेका प्रहरी टोलिले उनलाई जलेश्वर नगरपालिका ४ स्थित सडकबाट पक्राउ गरेको हो ।

खाद्य सामग्री जस्तो बोरामा प्याक गरि चकनी बजार हुँदै नेपाल भित्रीन लागेका पाण्डेयलाई चेक जाँच गर्दा उनको साथबाट एक्सपलोन लेखेको १०० एमएलको ५० वोतल स्पास्मो प्रोक्सीभान लेखेको ६ पतामा १ सय ४४ पिस टयावलेट, नाईट्रोभेट १० लेखेको २० पतामा ३ सय पिस टयावलेट र दुई थान मोवाईल र सिम समेत प्रहरीले बरामद गरेको छ । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखि लागुऔषध सम्बन्धी मुद्धामा कारवाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले बताएको छ ।

कारोनाको महामारी फैलि रहेको अवस्थामा लागुऔषध ओसारपोसार गर्ने जघन्य अपराध गर्ने समूह सक्रिय भएको खवर पाएपछि प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त टोली सक्रिय भएपछि उक्त सफलता हात लागेको एसपी अधिकारीले बताएको छ ।

पक्राउ परेका युवकले सीमा सिल भएको अवस्थामा समेत लागुऔषध कटाएर ल्याउन सक्नुमा पारिबाट पनि उनलाई कसैले सहयोग गरेकोले सहयोग गर्ने अन्य व्यक्तिहरुको समेत खोजी भइ रहेको एसपी अधिकारीले बताएको छ ।
 
 

प्रकाशित: २३ वैशाख २०७७ १०:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App