१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

क्वारेन्टाइनमा वडासदस्यमाथि अभद्र व्यवहार गर्ने पक्राउ

बैतडी- मादक पदार्थ सेवन गरी महिला वडासदस्यमाथि क्वारेन्टाइनमा गएर अभद्र व्यवहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पुर्चौडी नगरपालिका–३ गौरीकन्या माविको क्वारेन्टाइनमा गएर वडा सदस्यमाथि अभद्र व्यवहार गर्ने सोही ठाउँका ३६ वर्षीय नरेन्द्र बोहरा पक्राउ परेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए ।

आइतबार क्वारेन्टाइनमै गएर वडासदस्य काली बोहरामाथि गालीगलौज गर्दै अभद्र व्यवहार गरेका नरेन्द्रलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । क्वारेन्टाइनमा आफन्तलाई भेट्ने भन्दै गएका नरेन्द्रले महिला वडा सदस्यमाथि गालीगलौजसहित दुव्यर्वहार गरेको जाहेरी आएपछि पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी डिल्लीनारायण पाण्डेयले बताए । पक्राउ परेका बोहरामाथि अभद्र व्यवहार कसुरमा अदालतबाट म्याद थपेर अनुसन्धानको तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: २२ वैशाख २०७७ ०९:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App