२५ असार २०८१ मंगलबार
image/svg+xml
समाज

वडाध्यक्षको पद गुम्यो

बैतडी - बैतडीको डिलासैनी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष प्रेमसिंह धामीको पद निर्वाचन आयोगले खारेज गरेको छ। नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष नेकपामा प्रवेश गरेपछि निर्वाचन आयोगले खारेज गरी पद रिक्त रहेको सूचना जारी गरेको हो।  पद रिक्त रहेको बताए पनि धामीले अध्यक्षकै रुपमा काम गरिरहेको पाइएको छ। 

निर्वाचन आयोगको गत चैत ६ गतेको निर्णयले धामीलाई पदमुक्त गरेको भए पनि धामीले अहिले पनि अध्यक्षकै रुपमा काम गरिरहेको पाइएको हो। आयोगको निर्णयका बारेमा गाउँपालिकालाई कुनै जानकारी प्राप्त नभएको डिलासैनी गाउँपालिकाका प्रवक्ता अक्कलबहादुर रानाले जानकारी दिए।

धामी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। पछि उनले कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेका हुन्। धामीले नेकपामा प्रवेश गरेपछि नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिले धामीले दल त्याग गरेको बारेमा निर्वाचन आयोगलाई जानकारी गराएको थियो। त्यसपछि आयोगले निर्णय गर्दै डिलासैनी गाउँपालिका वडा नं. ७ मा वडाध्यक्षको पद रिक्त रहेको जानकारी दिएको हो।

प्रकाशित: २१ वैशाख २०७७ ०८:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App