३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

दीर्घरोगीलाई निःशुल्क औषधि

रसुवा - दीर्घरोगीका  लागि गोसाइँकुण्ड गाउँपालिकाले घरघरमै औषधि उपलव्ध गराएको छ। लकडाउनले यातायात बन्द हुँदा  नुवाकोटको त्रिशूली तथा  काठमाडौँको बजारबाट  औषधि खरीद गरी ल्याउन वा मगाउने  सम्भावना नभएको र नियमित औषधि सेवन नगरे  ज्यान जोखिम हुने देखिएपछि आफ्नो गाउँपालिका क्षेत्रमा बसोबास गर्ने दीर्घरोगीलाई संस्थागत रूपले घरघरमा औषधि उपलव्ध गराइएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार पहिलो चरणमा दीर्घरोगीको नाम, ठेगाना, उमेर संकलन गरी नियमित औषधि सेवन गर्न चिकित्सकले प्रमाणित गरेको कागजातका आधारमा निःशुल्क औषधि  वितरण गरिएको हो।   वितरित औषधिमा उच्चरक्तचाप, मिर्गौला, दमखोकी पेटलगायत  रहेको र बिरामी छ वटै वडाका ४१५ जना छन्। रसुवाका पाँच गाउँपालिकामध्ये ग्रामीण विपन्नता भएको व्यक्तिलाई औषधि उपलब्ध गराउनेमा पहिलो  भएको र र अन्यले पनि  औषधि व्यवस्थापन गर्नेमा आफूहरू आशावादी रहेको लाङ्बुका छेसाङ्दावा तामाङले बताए। यसैबीच सदरमुकाममा गाउँपालिकाले व्यवस्थित र सुविधायुक्त क्वारेन्टनाइन बनाएको स्थानीय वासिन्दाले बताएका छन्।

कृषि तथा पशुसेवा कार्यालयको नयाँ भवनमा नयाँ शय्यासहित दाँतमाझ्ने ब्रसदेखि दाह्री काट्ने पत्तीसम्मका सबै प्रकारका आवश्यक सरसामान एवं बिहानबेलुका खानाको अलावा दुई पटक खाजासमेतको व्यवस्था भएको क्वारेन्टाइनमा बस्ने नागरिकले बताएका छन्। धुञ्चेको क्वारेन्टाइनमा जिल्ला बाहिरबाट आएका ६७   स्थानीयवासी रहेको गाउँपालिकाले जनाएको छ। जिल्लामा हालसम्म कोरोना भाइरसको आशंका नभएको र पाँचवटै गाउँपालिकामा पूर्वसावधानी अपनाउन आफूले समन्वयकारी भूमिका खेलिरहेको  जिल्ला समन्वय प्रमुख कुलप्रसाद भटृले बताए।

जिल्लाभित्र  क्वारेन्टाइनमा बस्ने ३१९ जना रहेको जिल्ला विपद् व्यवस्थापन  समितिले जनाएको छ। स्थानीय सरकारको हैसियतले आफ्नो क्षेत्रमा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिइएको बताउँदै गाउँपालिका अध्यक्ष तामाङले सुत्केरी व्यथाले तीन दिनदेखि छट्पटिरहेकी गोसाइँकुण्ड– ५ ठूलो स्याफ्रुकी ३३ वर्षीया छिरिङ  लामालाई आफ्नो पहलमा हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको जानकारी दिए। रासस

प्रकाशित: २० वैशाख २०७७ ०८:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App