४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

अन्नपूर्ण पदमार्गको हिमपहिरोमा हराएका थप दुई जनाको शव फेला

पोखरा - अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्ग क्षेत्रमा हिमपहिरोमा परेर हराएका थप २ जनाको शव फेला परेको छ। बेपत्ता मध्ये एक नेपाली र अर्का एकजना कोरिएन पर्यटकको शव शुक्रवार बिहान फेला परेको कास्की प्रहरीले जनाएको छ। 

कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीका अनुसार दुई जनाको शव भेटिएसँगै हिमपहिरोमा हराएका सबैजनाको शव फेला परेको छ। बेपत्ता ५ जनाको शव यसअघि नै फेला परेको थियो।

एकजना कोरियायन र अर्का एक नेपालीको शव मात्र फेला पार्न बाँकी रहेकोमा खोजीमा जुटेको सेना र प्रहरीको टोलीले शुक्रबार बिहान शव फेला पारेको केसीले बताए। 
हिमपहिरामा ३ नेपाली र चारजना कोरियाली पर्यटक हराएका थिए। माघ ३ गते आधार शिविर पदमार्गमा उनीहरु हिमपहिरामा पुरिएका थिए।
 बाक्लो हिमपात्ले गर्दा यसअघि उनीहरुलाई फेला पार्न नसकेको डिएसपी केसीले बताए। शुक्रबार बिहान फेला परेको शव हेलिकप्टरबाट पोखरा ल्याउने तयारी भए पनि मौसममा खराबी आएकोले ढिलाइ भएको उनले बताए। यस अघि भेटिएका सबैजसोको शव परिवारलार्इ बुझाइएको केसीले बताए।  

प्रकाशित: १९ वैशाख २०७७ ०६:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App