२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

उदयपुरबाट रोल्पा आएका एकजना आइसोलेशनमा

स्वास्थ्यकर्मीले बिरामिलाई औषधि छरेर निर्मलीकरण गर्दै। फोटाःदिनेश/नागरिक

रोल्पा - कोरोना संक्रमणबाट अति प्रभाबित जिल्ला उदयपुरबाट रोल्पा आएका एक मजदुरलाई रोल्पा अस्पतालको आइसोलेशनमा राखिएको छ। उदयपुरवाट बिभिन्न सवारी साधन प्रयोग गर्दै दाङको भालुवाङसम्म ट्रकमा आएको बताउने उनी शुक्रवार रोल्पाको सुलीचौरसम्म काठमाण्डौबाट मजदुर लिएर आएको बसमा आएका थिए। सनिवार सुलीचौरबाट पैदल आफ्नो गाउँ खुमेल आएका उनलाई वडा कार्यालयको समन्वयमा जिल्ला अस्पताल ल्याइएको हो।

उदयपुरवाट रोल्पा आएका अधबैशै उक्त पुरुषले स्वास्थ्यकर्मीलाई चेकजाचमा समन्वय नगरे पछि चिकित्सकहरु दिक्क बनेका छन्। आफु बिरामी नभएको बताउदै उनले सबै कुरा खुलेर गरेका छैनन्। ‘उहाँले जाचमा सहयोग गर्नु भएको छैन। हिस्ट्री पनि बताउनै मान्नु भएन।’ अस्पताल प्रमुख धामायाँ घर्तीले भनिन् ‘हरेक कुरामा जबरजस्ती गर्ने र कोर्डिनेशन नगरेपछि असजिलो भएको छ।’

रोल्पा नगरपालिका ३ खुमेलबाट एम्बुलेन्समा अस्पताल ल्याईएका उक्त पुरुषलाई प्रहरीको सहयोगमा पहिले निर्मलीकरण गरेर नुहाउन लगाई आईसोलेशन कक्षमा लगिएको थियो भने अस्पतालको टोलीले एम्बुलेन्सलाई पनि औषधि छरेर निर्मलीकरण गरेको छ। अस्पतालले अनुसार अति प्रभाबित जिल्लाबाट आएकाले उनलाई बढि केयर गरिएको हो। 

जिल्ला अस्पतालका मेडिकल अफिसर डा. सपना कर्णको टोलीले प्रारम्भिक चेकजाच गरे पछि उनलाई आईसोलेशनमा राखिएको छ। ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) किट आएपछि जाच गरेर अस्तालमै राखिने स्वास्थ्य कार्यालय प्रमुख अनिल केसीले बताए। ‘एक थान किट घर्तीगाउँमा छ त्यसैको सहायताले आरडिटि गर्छौ।’ केसीले भने ‘आईतवार स्वाब परिक्षणका लागि पठाउने तयारी गरेका छौ।’

प्रकाशित: १३ वैशाख २०७७ १२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App