८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

जगातीबाट पाँंच हजारले खाए निःशुल्क खाना

भक्तपुर- सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलको संयोजनमा सिपाडोल क्षेत्र परोपकार समाजले गरेको लकडाउन पीडित सर्वसाधारण वटुवाहरुलाई निःशुल्क खाना खुवाउने कार्यक्रममा पाँंच दिनको अवधिमा करिब पाँंच हजारले खाना खाएका छन् ।

अरनिको राजमार्ग अन्र्तगत भक्तपुरको जगाती क्षेत्रमा मेस राखेर सर्वसाधारण बटुवालाई शनिबारदेखि निःशुल्क खाना खुवाउन थालिएको थियो । शनिबारदेखि बुधबारसम्म झण्डै पाँंच हजारलाई खाना खान पाएको सिपाडोल क्षेत्र परोपकार समाजका अध्यक्ष मणिरत्न बज्राचार्यले जनाए । खाना खुवाउने कार्यक्रम बुधबारसम्म हुनेछ ।  

महानगरीय प्रहरी बृत जगातीका सवारी चेकजाँंच क्षेत्रमा अस्थायी टेण्ट बनाई दाल, भात, तरकारी र अचारसहितको साधारण खाना खुवाउन सुरु गरेको थियो । पहिलो पटक शनिबार विहान एक सय भ

 

न्दा बढी सर्वसाधारणले निःशुल्क खाना सुविधा पाएको जनाइएको छ । त्यससपछि क्रमशः प्रत्येक दिन खाना खानेहरुको संख्या बढ्दै गएको थियो ।

समाजका संरक्षक बालकृष्ण सापकोटाले राजमार्ग खण्ड भएर हिडेर आएका लकडाउन पीडित सर्वसाधारणको सुविधाको लागि निःशुल्क खाना सुविधा दिएको जनाए । विहान र बेलुकी दैनिक दुई छाक खाना खुवाइएको थियो । राजमार्गबाट हिडेर आउने लकडाउन पीडित सर्वसाधारणलाई केन्द्र बनाएर खाना खुवाउन थालेको थियो । समाजले प्रत्येक वर्ष देउसीभैलो खेलेर जम्मा पारेको पैसाको कोषबाट खाना खुवाउन थालेको थियो । तर पछि सहयोगीहरुबाट दाल, चामल, पानी, तरकारी, नगदलगायतको सहयोग भएको थियो ।

खाना खुवाएको ठाउँं राजमार्गमै रहेको छ । त्यहाँं बोर्ड पनि राखिएको छ । साथै अस्थायी रुपमा हात धुन ट्यांकी पनि राखिएको छ । सो ठाउँमा खाना खाने मानिस भने प्रत्येक पटक फरकफरक हुनेछन् । उक्त राजमार्ग भएर हिडेर आउने सर्वसाधारणलाई केन्द्र बनाएर राखिएको छ भने खाना राजमार्ग छेउमै टेण्ट बनाएर पकाइएको छ ।

 

प्रकाशित: १० वैशाख २०७७ ०७:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App