१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

१४ वर्षिया बालिका छिेमेकीबाटै बलात्कृत

कपिलवस्तु- कोरोना भाइरसका कारण सुरक्षाकर्मीले लकडाउनमा ध्यान केन्द्रित गरेका बेलामा कपिलवस्तुमा फेरी एक जना १४ वर्षिया बालिका बलात्कृत भएकी छिन् । घटना बैशाख ३ गतेका भए पनि गत वैशाख ६ गते सार्वजनकि भएको हो । शिवराज नगरपालिका वडा नं. ८ विसुनपुरकी १४ वर्षिया बालिकालाई छिमेकी युवाले जबरजस्ती बलात्कार गरेको भन्दै परिवारले प्रहरीमा उजुरी गरेको छ । लकडाउनको अवधिमा शिवराज नगरपालिमा बलात्कारका यो दोश्रोे घटना हो ।

विसुनपुर कै वर्ष २२ को सागिर अलि शेष (पाँचु) भनिने व्यक्ति बलात्कार गरेको बालिकाको परिवारले आरोप लगाएको छ । स्थानीय महिला रेहाना बानु शेखले बालिकालाई ललाई फकाई आफ्नो घरमा लगी युवकबाट बलात्कार गराएको परिवारले आरोप लगाएको छ । पीडित  बालिकाको आमा कामको शिलशिलामा बाहिर गएको अवस्थामा ओरापी शेखले बालिकालाई ललाई फकाई आफ्नो घरमा लिएर गएकी थिईन् ।  

कोठामा पहिलेबाट नै बसेको बलात्कारका आरोपी सागिर अलि (पाँचु) र बालिकालाई कोठा राखिदिएर बन्द गरिदिएको बालिको आमाले बताईन् । बालिकाको हजुर बुबाले नीतिनीलाई घरमा बोलाउदाँ नआएको र खोज्दै जादाँ निज मतियारको घरमा बन्द कोठामा भेटिएको बताए । पीडित बालिकाको परिवारले शेष र रेहानाविरुद्ध गत बैशाख ६ गते जबरजस्तीकरणीको जाहेरी दिएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपशे खरेलले बताए ।

जाहेरी लगत्तै रेहानालाई पक्राउ गरिएको र अर्का आरोपी शेक्ष् भने फरार भएका छन । बालिकाले आफूमाथि ३ पटक जबरजस्ती करणी भएको बताएको परिवारले जनाएको छ । फरार भएको शेषको खाजी कार्य जारी रहेको प्रहरी निरीक्षक खरेलले बताए ।

प्रकाशित: ८ वैशाख २०७७ ११:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App