१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कोरोना कहर : क्वारेन्टाइनमा भोकभोकै

क्वारेन्टाइन बनाइएको नारायण क्याम्पस । तस्बिर : गोविन्द/नागरिक

दैलेख– दैलेख सदरमुकामस्थित नारायण क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा बसेका ब्यक्तिहरु दुई दिनदेखि भोकभोकै रहेका छन् । क्वारेन्टाइनमा रहेका दुई जना दुई दिनदेखि भोकभोकै बसेका हुन् । उनीहरु नुवाकोट र गोरखाबाट जिल्लामा आएका थिए ।

१० दिन हिँडेर कोलपुर आएका उनीहरु त्यहाँबाट गाडीमा दैलेख ल्याइएको थियो । दैलेख आएसगै उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा सुरक्षादेखि खाना ब्यवस्थापन नहुँदा उनीहरु भोकै बसेका हुन् । क्वारेन्टाइन निर्माण गरेपनि सुरक्षा र खानपिनको ब्यवस्थापन नभएपछि क्वारेन्टाइनमा बसेकाहरुको विजोग भएको हो । यहाँ ल्याएर आफूहरुलाई राखेर खाना नदिएको क्वारेन्टाइनमा बसेकाहरुले बताएका छन् । दुई दिनदेखि खाना नपाएपछि उनीहरु जिल्ला प्रहरी कार्यालयमा आएका छन् । अहिले जिल्ला प्रहरीमा नारायण नगरपालिकाका प्रतिनिधिसंग खाना खुवाउने विषयमा छलफल भईरहेको जनाइएको छ ।

क्वारेन्टाइनमा खानाको ब्यवस्थान नभएको आफूहरुको विजोग भएको क्वारेन्टाइनमा रहेका हस्त विकले बताए । सुरक्षादेखि खान समेतको ब्यवस्था क्वारेन्टाइनमा देखिएन । क्वारेन्टाइनमा बसेका हस्त विकले भने, खानाको लागि सुरक्षा निकायलाई खवर गरेका छौं । हस्त नुवाकोटबाट आएका हुन् । हस्तसंगै गोरखाबाट आएका मनोज मल्ल पनि दुई दिनदेखि क्वारेन्टाइनमा भोकभोकै बसेका छन् । बजार पुरै बन्द छ । उनीहरु रहेको क्वारेन्टाइन बजारभन्दा एकान्तमा रहेको छ । नारायण क्याम्पसमा रहेको क्वारेन्टाइनमा अहिले दुई जना रहेका छन् ।

क्वारेन्टाइन निर्माणदेखि अन्य कुरामा मापदण्डअनुसार काम आफूहरुले गरेपनि भोजनको ब्यवस्थापन स्थानीय सरकारले गर्नुपर्ने उहाँहरु जानकारी गराएपनि भोजन ब्यवस्थापन भएको गुनासो आएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए । भोजन ब्यवस्थापनका बारेमा छलफल भईरहेको प्रमुख जिल्ला अधिकारी कटेलले बताए । हिजो केही समस्या आयो आजबाट भोजन गृह राखेर खाना खुवाउँने तयारी गरिरहेको नारायण नगरपालिकाका नगर प्रमुख रत्नबहादुर खड्काले बताए ।

 

प्रकाशित: ८ वैशाख २०७७ ११:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App