८ वैशाख २०८१ शनिबार
समाज

लकडाउनमा महिनावारी समस्या: पुनः प्रयोग गर्न मिल्ने प्याड नै उपयुक्त

काठमाडौं – लकडाउनका बेला महिलाहरुमा हुने महिनावारी र त्यसको सुरक्षा सतर्कताका लागि नेपाल सरकार र एक्सपोज नेपालले विशेषगरी किशोरीहरुलाई आफ्नो समस्या नबताई चिन्ता लिएर एक्लै नबस्न अपिल जारी गरेको छ । 

मंगलबार सार्वजनिक सूचना अपिल गर्दै अपहेलनाको रुपमा र अर्मयादित रुपमा घर समाजमा लिइएको रजस्वला महिनावारीलाई यस समयमा मर्यादित बनाउन समेत आग्रह गरेको छ । आधुनिक बजारमा प्राप्त केमिकलयुक्त प्याडको प्रयोगबाट विस्तारै यौनसम्बन्धी र पाठेघरसम्बन्धी समस्या देखा परी स्वास्थ्यमा नकरात्मक असर गर्ने भएकाले महिनावारीका बेला स्वदेशमै उत्पादित कपडाको प्याड प्रयोग गर्न नेपाल सरकार र एक्पोज नेपालको सुझाव छ । 

एक्सपोज नेपालका अध्यक्ष ज्ञान महर्जनले महिलाका लागि केमिकलयुक्त प्याड भन्दा कपडाकै प्याड प्रयोग गर्नुमा उत्तम हुने बताए । कपडाको प्याड एक पटक प्रयोग गरेपछि पुनःप्रयोग गर्न सकिने भएकाले पैसाको बचत हुनुका साथै लकडाउनका समय प्याडको खोजीमा बजार–बजार धाउन नपर्ने भएकाले यस अवस्थामा कपडाबाट बनेको प्याड नै प्रभावकारी हुने उनको भनाई छ । स्वास्थ्यका हिसाबले पनि यो सुरक्षित हुने भएकाले महर्जन सकेसम्म कपडाकै प्याड प्रयोग गर्न सुझाउँछन् । 

प्रकाशित: ३ वैशाख २०७७ ०१:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App