२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

अस्पताललाई उपकरण सहयोग

अस्पताललाई सामग्री हस्तान्तरण गर्दै। तस्बिरः चुमन बस्नेत/नागरिक

मोरङ - प्रदेश १ को प्रादेशिक अस्पताल विराटनगरमा रहेको कोसी अस्पताललाई भेन्टिलेटरसहित विभिन्न स्वास्थ्य उपकरण प्रदान गरिएको छ। 

सर्लाहीको हरिवनमा रहेको बागमती सेवा समाज र आड्रा नेपालले संयुक्त रूपमा आइतबार अस्पतालमा एक कार्यक्रमकाबीच स्वास्थ्य उपकरण अस्पतालका प्रमुख डाक्टर संगीता मिश्रलाई प्रदान गरिएको छ। अहिले विश्वमा रहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिरहेको अवस्थामा अस्पताललाई केही सहयोग पुग्ने विश्वासका साथ केही उपकरण दिएको संस्थाले जनाएको छ। दुवै संस्थासँगको साझेदारीमा कोसी अस्पतालमा सञ्चालित ‘महिला स्वास्थ्य र प्रणाली सुदृढीकरण परियोजना’अन्तर्गत अस्पतालको स्वास्थ्य प्रणालीमा केही सुदृढीकरण हुने र कोरोना भाइरसका बिरामीलाई समेत उपचारमा सहज हुने भएकाले सामग्री प्रदान गरेको बागमती सेवा समाजका अध्यक्ष भरतकुमार कार्कीले बताए।

उनले भने, ‘हाम्रो संस्था र आड्रा नेपालको साझेदारीमा यस अघिदेखि नै कोसी अस्पतालमा महिलाहरूको आङ खस्नेत समस्यालाई विशेष प्राथमिकतामा राख्दै महिलासम्बन्धी अन्य समस्यामा काम गर्दै आएका छौं।’ आड्रा नेपाल र बागमती सेवा समाजको साझेदारीमाअस्पताललाई करिब ५५ लाख बराबरको एक थान भेन्टिलेटर र अप्रेसन थ्रेटरका ७० प्रकारका विभिन्न उपकरण र एन ९५ माक्स दिएको आड्रा नेपालकी सृष्टी लामिछानेले बताइन्। उपकरण लिँदै अस्पतालकी प्रमुख डाक्टर संगीता मिश्रले भनिन्, ‘यस प्रकारको सहयोगले बिरामीहरूको उपचारका लागि ठूलो सहयोग हुनेछ ।’ ‘हामी दुवै संस्था मिलेर यस अस्पतालमा परियोजना सञ्चालन गरिरहेका छौं,’ आड्रा नेपालकी सृष्टी लामिछानेले भनिन्, ‘अहिले कोरोना भाइरसले समस्या परेको बेलामा हामीले केही सहयोग गर्नुपर्छ भनेर उपकरण दिएका हौं।’

दुवै संस्थाले प्रदेश २ को जनकपुर प्रादेशिक अस्पतालसहित आठ जिल्ला र प्रदेश १ को २ वटा जिल्लामा स्वास्थ्य सम्बन्धी काम गरिरहेका छन् भने अन्य दुवै प्रदेश १० वटा जिल्ला अस्पतालसँगको समन्वयमा कोरोना भाइरस रोकथामका लागि चाहिने सामग्री उपलब्ध गराउने बागमती सेवा समाजका कार्यकारी निर्देशक निरज भण्डारीले बताए। 

प्रकाशित: २ वैशाख २०७७ ०७:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App