१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

घरमै पुगेर परीक्षण

कैलाली - धनगढी उपमहानगरपालिकाले घरमै पुगेर कोरोना भाइरसको जाँच शुरु गरेको छ। शुक्रबार वडा नं १२ बाट शुरु गरिएको भाइरसको र्‍यापिड टेस्ट शनिबार वडा नं ६ र ७ मा पनि सम्पन्न भएको छ। उपमहानगरपालिकाले भारतलगायत विभिन्न देशबाट पछिल्लो समय घर फर्किएका ६४१ जनालाई होम क्वारेन्टाइनमा राखेको थियो।

उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडका अनुसार वडा नं १२ मा ३९, वडा नं ६ मा १९ , वडा नं १३ मा एक, वडा नं ७ मा २० जनाको नमूना परीक्षण गर्न स्वास्थ्यकर्मीहरु घरमै  पुगेर गरेका छन्।  परीक्षण गरिएकाको रिपार्ट नेगेटिभ भेटिएको छ। यसैबीच उपमहानगरपालिकाले हालसम्म लकडाउनका कारण छाक टार्न समस्या भएका ४ हजार एक सय ६७ परिवारलाई खाद्यान्न वितरण गरेको छ।

पालिकाले सर्वदलीय सहमतिका आधारमा दैनिक ज्यालादारी काम गरेर खाने मजदुर, असहाय, एकल महिला, भाडामा डेरा गरेर बस्ने विद्यार्थीहरुलाई राहत वितरण गरेको हो। रासस

प्रकाशित: ३० चैत्र २०७६ ०३:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App