१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लकडाउनकाे प्रभाव : एचआइभी संक्रमितलाई असर

काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट जोखिन सरकारले घोषणा गरेको लकडाउनले एचआइभी संक्रमितहरुलाई असर गरेको छ। नेपालमा कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले लकडाउनलाई थप कडाई गरेपछि नियमित औषधि सेवन गरिरहेका एचआइभी संक्रमितहरुलाई असर परेको हो।

औषधि सेवन गर्दै आएका संक्रमितहरुले विभिन्न जिल्लास्थित एआरटी सेन्टरबाट औषधि लिने गरेको भएपनि एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान कडाई गरेपछि समस्या भएको हो। राष्ट्रिय एचआईभी एड्स महासंघले संक्रमितहरुको घरघरमा औषधि पुर्‍याएर सहजता प्रदान गरेपनि अनिवार्य पास लिनुपर्ने र सवारी साधन बन्द भएको अवस्थामा समस्या परेको महासंघका अध्यक्ष राजेश दिदियाले जानकारी दिए। अहिले एचआईभीसंग सम्बन्धित काम गर्दै आएका संघ संस्थाहरुको समन्वयमा घर घरमा औषधि पुर्‍याउन थालेपनि एक स्थानीय निकायदेखि अर्को जान बन्द गर्ने निर्णयसँगै भने समस्या आउन सक्ने उनको भनाई छ।

हाल देश भर १८ हजार ५ सय ५५ जना एआर्टी लिनेको संख्या रहेका छन्। समाजमा विद्यमान कुरीती र कुप्रथा एवं सामाजमा ब्याप्त पुरानो विचार धारा, लान्छना साथै भेदभाव भएका कारण आफू रहने जिल्ला भन्दा बाहिरको जिल्लाबाट एआरटीको औषधि लिनेहरुमा समस्या देखिको छ। यद्यपी महासंघले आपसि समन्वयमा सम्बन्धि जिल्लामा रहेको एआरटी सेन्टरबाट औषधि वितरण गर्नेगरि त्तकाल समस्या समाधान गरिहेको छ।

एचआइभी संक्रमितले लिदै आएको औषधि एआर्टीको स्टक दुई महिनाको लागि मात्र रहेको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोना नियन्त्रणमा नआए औषधि अभाव हुन सक्ने चिन्ता महासंघले व्यक्त गरेको छ।

काठमाडौंको शुक्रराज ट्रपिकल सेन्टरबाट मात्रै २ हजार ४ सय ५० जनाले औषधि लिदैं आएका छन्। ठूलो संख्यामा औषधि लिने एकै मात्र एआर्टी सेन्टरका रुपमा रहेको काठमाडौंको उक्त सेन्टरबाट आफ्ना औषधि लिनेहरुको घर घर औषधि पुर्‍याउने काम भई रहेको छ। हाल देश भर ८० वटा एआर्टी सेन्टरबाट एचआईभी संक्रमितहरुले औषधि लिदै आएका छन्। यस्तै देश भरमा १ हजार ३ सय ५६ जना बालबालिकाले यो औषधिको प्रयोग गर्दै आएका छन्।

प्रकाशित: २४ चैत्र २०७६ ०९:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App