१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

कपिलवस्तुमा १३ वर्षिया बालिका छिमेकी युवाबाटै बलात्कृत

कपिलवस्तु- कोरोना भाइरसको विषयमा प्रहरीले आफ्नो ध्यान केन्द्रित गरीरहेको बेला कपिलवस्तुको मायादेबी गाउँपालिका–४ गौरामा बिहीबार राति १३ वर्षिया एक बालिका बलात्कृत भएकी छन्। उनलाई छिमकीमा रहेका एक युवाले जवरजस्ती करणी गरेको पीडित बालिकाको परिवारको आरोप छ।  

१० बजे घर अगाडीको धारामा पानी भर्ने क्रममा छिमेकी २५ वर्षिय एजाज मुसलमानले आफ्नो छोरीलाई बलात्कार गरेको पीडितकी आमाले आरोप लगाइन्। बालिकालाई मुख थुनेर पीडितकै घर पछाडी लगेर बलात्कार गरेका थिए। स्थानीय हृदयराम यादवका अनुसार बलात्कार गरेको अवस्थामा अर्का छिमेकीले देखेपछि बालिकाको उद्धार गरेका थिए। बालिकालाई उपचारको लागि तौलिहवा अस्पताल ल्याइएको छ।

पीडक युवालाई प्रहरीको जिम्मा लगाउने भनेपनि परिवारले जवरजस्ती गाउँलेबाट खोसेर भगाएको यादवले बताए। पीडित बालिकाले आफूलाई मुखमा कपडा कोचेर जवरजस्ती गरेको बताइन्। पीडित बालिकाको घरमा आमा मात्र रहेको बाबु रोजगारीको क्रममा भारतमा छन्। प्रहरी नायब उपरिक्षक सुनिल मल्लले बालिका बलात्कृत भएको विषयमा जानकारी आएको बताए। उनले पीडित बालिकाको परिवार र गाउँलेहरु प्रहरी कार्यालमया आएको बताए।

सो विषयमा प्रहरीले अनुसान जारी राखेको उनले बताए। गाउँलेहरु पीडित बालिकासहित जिल्ला प्रहरी कार्यालय पुगेका छन्। इलाका प्रहरी कार्यालय पकडीले घटनाबारे चासो नदेखाएको आरोप लगाउदै उनीहरु जिल्ला प्रहरी कार्यालय पुगेका हुन्। बलात्कृत बालिकाको घाउँ जाँच तथा उपचार भइरहेको छ।

त्यसपछि घटना दर्ता प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ। प्रहरी नायब उपरिक्षक मल्लले घटनामा आरोपी युवा फरार रहेको र खोजी कार्य जारी रहेको बताए।

प्रकाशित: १४ चैत्र २०७६ ०९:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App