१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दुई हजार घुससहित प्रधानाध्यापक पक्राउ

जनकपुरधाम- धनुषाको मिलि नगरपालिका–२ अवस्थित जनता माध्यमिक विद्यालय नकटाजिझका प्रधानाध्यापक महेन्द्र महतो घुस रकमसहित पक्राउ परेका छन्। एसइई परीक्षाको प्रवेश पत्रका लागि सेवाग्राहीसँग लिएको २ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले बुधवार उनलाई नियन्त्रणमा लिएको हो।

परीक्षाको रजिष्ट्रेशन फारम नभरेकोले फारम भरी प्रवेशपत्र दिने भनी अभिभावकले प्रवेशपत्र लिन जाँदा घुस मागेको सूचनाको आधारमा खटिएको अख्तियारको टोलीले महतोलाई घुससहित रंगेहात पक्राउ गरेको जनाएको छ। विद्यालय परिसरबाट नियन्त्रणमा लिई उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारको प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिए।

प्रकाशित: ५ चैत्र २०७६ १३:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App