७ वैशाख २०८१ शुक्रबार
समाज

अलपत्र टेलिकमको भवन निर्माण सुरु

निर्माणाधिन नेपाल टेलिकमको भवन पुनः निर्माण सुरु गर्दै। तस्बिर: सरिता/नागरिक

धादिङ – निर्माण सुरु गरिएको ६ वर्षसम्म पनि निर्माण कार्य पुरा नभएर अलपत्र बनेको नेपाल टेलिकम धादिङको भवन निर्माण पुनः सुरु कार्य सुरु भएको छ। भवन निर्माणको जिम्मा ओम कुन्डलेश्वर प्रालि भक्तपुरले लिएको थियो। निर्माण सुरु गरिएको पाँच महिनामा निर्माण कार्य सम्पन्न गर्ने गरेर ठेक्का सम्झौता गरेर पुनः सुरु निर्माणको काम सुरु भएको हो।

२०७६ साल फागुन ७ गते नेपाल टेलिकम क्षेत्रीय निर्देशनालयसँग ठेक्का सम्झौता गरिएको नेपाल टेलिकम धादिङका प्रमुख श्याममणी अर्यालले बताए। ‘भवन निर्माण सुरु गरेको ६ वर्षसम्म पनि निर्माण पुरा नगरेर अलपत्र हुदाँ घर भाडामा लिएर कार्यालय सञ्चालन गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘अलपत्र भवनको निर्माण अहिले सुरु भएको छ, अब सात महिनामा भवन निर्माण सम्पन्न गर्ने गरेर सम्झौता गरिएको छ।’

आगामी भदौ ७ गतेसम्म भवन निर्माणको काम सक्ने गरेर ठेकेदार खनियाँवास गाउँपालिका–५ का सूर्यबहादुर तामाङसँग सम्झौंता गरिएको बताइएको। पुरानो निर्माण कम्पनीले एक करोड ९६ लाख ४० हजार पाँच सय १० रुपैयाँ ६४ पैसामा १६ कोठे पक्की चार तले भवन निर्माण गर्ने गरी सम्झौता गरेको थियो। सदरमुकाम छेउमा अलपत्र बनेको भवनको विषयमा नागरिक दैनिकमा समाचार प्रकाशन भएको थियो। समाचार प्रकाशन भएपछि नेपाल टेलिकम क्षेत्रीय निर्देशनालयले भवनको काम निर्माणका लागि सुरु गरेको हो। भूकम्प, ठेकेदार कम्पनीको ढिलाइ र बजेट निकासामा ढिलाईलगायतका कारण देखाउँदै निर्माण कार्य अलपत्र भएको थियो।

भवन ६ वर्षसम्म निर्माण हुन नसक्दा एक करोड बराबरको नोक्सानी भएको नेपाल टेलिकम धादिङका प्रमुख अर्यालले बताए। जिल्ला प्रशासन कार्यालय, नीलकण्ठ नगरपालिकालगायतसँगको छलफलपछि भवनको निर्माण कार्य सुरु गरेका गरिएको उनको भनाइ छ। भवन निर्माणका लागि चाँदनी/राम जेभि कन्ट्रक्सनले २०७० साल चैत १८ गते नेपाल टेलिकम क्षेत्रिय निर्देशनालयसँग सम्झौता गरेको थियो। पक्की चारतले भवन निर्माणका लागि दुई करोड दुई लाख ४८ हजार सात सय ८९ रुपैयाँ ७८ पैसामा सम्झौता गरिएको थियो। २०७१ साल बैशाख २ गतेबाट २१ महिनामा भवन सम्पन्न गर्नुपर्ने भएपनि हालसम्म भवनले पूर्णता पाएको छैन।

समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गरिने अर्यालले बताए। पटक पटक म्याद थप गरेपनि ठेकेदारले काम नगरेपछि नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय मार्फत ठेक्का रद्द गरी नयाँ निर्माण कम्पनी मार्फत काम सुरु बताइएको छ। नीलकण्ठ नगरपालिकास्थित शान्त बजारमा निर्माणधीन भवन समयमा नै बन्न नसक्दा भवन वरपर अहिले जताततै फोहोरका थुप्रीयएको छ। आफ्नो भवन नहुँदा भाडाका घरमा बसेर काम गर्नुपर्दा निकै समस्या हुने गरेको कर्मचारीको भनाइ छ। कार्य सम्पादनका साथै आवश्यक उपकरण राख्ने समस्या हुने गरेको कार्यालय प्रमुख अर्यालले बताए। अब भवन निर्माण भएमा सहज सहज हुने अपेक्षा गरिएको छ।

प्रकाशित: ५ चैत्र २०७६ ०३:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App