१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

एक लाख ७७ हजारको गहनासहित एक पक्राउ

करिब एक लाख ७७ हजार रुपैयाँ पर्ने साढे २ किलो चाँदीका अवैध गरगहनासहित एक युवालाई पक्राउ गरी सार्वजनिक गर्दै मकवानपुर प्रहरी । तस्बिरः अशोक/नागरिक

मकवानपुर- करिब एक लाख ७७ हजार रुपैयाँ पर्ने साढे २ किलो चाँदीका अवैध गरगहनासहित एक युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। मकवानपुरले प्रहरीले चाँदीका विभिन्न गरगहनासहित बाग्लुङको जैमिनि नगरपालिका ७ का ३६ वर्षीय कृष्ण रसाईलीलाई आइतबार सार्वजनिक गरेको हो।

हेटौंडा उपमहानगरपालिका १९, नेवारपानीबाट करिब २ किलो ४ सय ६० ग्राम चाँदीका अवैध विभिन्न गरगहनासहित रसाईलीलाई शुक्रबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता टिकाबहादुर कार्कीले बताए।

‘रसाईलीको साथबाट सेतो पथ्थर भएको औठी १७ थान, सानो बाला ७२ थान, ठूलो बाला १ थाान, लेडिज औठी २८ थान, लेडिज ब्रासलेट २ थान फेला पर्‍यौ,’ उनले भने, ‘पथ्थर नभएको औठी १९, लेडिज औठी ३ थान, बाला ३ थान, सानो बाला ९ थान, बाला २० थान, ब्रासलेट १७ थान पनि उनको साथबाट जफत गरिएको छ।’

साथै प्रहरीले रसाईलीको साथबाट भगवानको सानो मूर्ति ५७ थान, बेरिएको सानो बाला ५० वटा, सानो बाला ४ थान र स–साना चाँदीका दानाहरु बरामद गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए।

हेटौंडा १९, नेवारपानीस्थित सडकमा शंकास्पद रुपमा झोला बोकी हिँडिरहेको अवस्थामा प्रहरीले सूचना पुर्जी दिई बोकेको झोला खानतलासी गर्दा झोलामा भन्सार छली लुकाई ल्याएको अवस्थामा चाँदीका गहनाहरु बरामद गरेको प्रहरीले दाबी गरेको छ। बरामद चाँदीका गहनाहरु र रसाईलीलाई अनुसन्धान र कारबाहीका लागि भन्सार कार्यालय बिरगञ्ज पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

 

प्रकाशित: २ चैत्र २०७६ १४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App