२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

राज्यमन्त्री मानन्धरद्वारा सडकको अवस्थाबारे अनुगमन

काठमाडौं – सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौंका सडकको अवस्थाबारे अनुगमन गरेका छन्। उपत्यकाका सडकको  खाल्डाखुल्डी पुर्ने र  कालोपत्रे गर्ने काम भइरहेका बेला मन्त्री मानन्धरले पैदल अनुगमन गरेका हुन्।

शुक्रबार बिहान मानन्धरले बालाजु चोकदेखि सोह्खुट्टेसम्म कालोपत्रे गरिएको सडकको अनुगमन गरेका छन् । सडक कालोपत्रे र रेखांकनको अवस्थाबारे अनुगमन गर्न पुगेका मन्त्री मानन्धरले बालाजु क्षेत्रमा हुने जाम घटाउनका लागि बालाजु पुलमा अण्डरपास निर्माण गर्ने तयारी भइरहेको बताए।
 
कालोपत्रे गर्दा ठेकेदारले प्रयोग गरेको सामग्रीको गुणस्तर परीक्षण गरिने बताउँदै मन्त्री मानन्धरले कमसल सामग्री प्रयोग गरेमा कारबाही गरिने बताए । सहरको सुन्दरतालाई ध्यान दिदै धुलोधुवाँ नियन्त्रणका लागि  सरकारले प्रयास गरिरहेको र यसैक्रममा उपत्यकाको सडक कालोपत्रेको कामलाई तिब्रता दिइएको उनको भनाइ छ।

काठमाडौं उपत्यकामा बढ्दो सहरी चापका कारण जाम बढेको र  पार्किङ व्यवस्थापनका लागि उपत्यकाका नदी किनारका करिडोर सडकको खाली स्थान पहिचान गरेर पार्किङ  स्थल बनाउने मन्त्री मानन्धरको बताए।

प्रकाशित: ३० फाल्गुन २०७६ ०७:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App