५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

पूर्व डिआइजी खरेलको आरोप : 'नेतृत्वमा भएकालाई भ्रष्टाचार नगरे निद्रा लाग्दैन'

काठमाडौं- नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलले देशलाई नेतृत्व गर्नेहरुले नागरिकलाई धोका दिएको बताएका छन्। बिहीबार काठमाडौंमा 'हाम्रो नेपाल सुशासन अभियान’को शुभारम्भ गर्दै खरेलले देशलाई नेतृत्व गर्नेहरुसँगै विभिन्न निकायको नेतृत्व गर्नेहरुले धोका दिएको बताएका हुन्। उनले जनताको सेवा गर्न जानेहरुले काम नगरेर भ्रष्टाचारलाई संस्थागत गर्दै लगेको आरोप समेत लगाए।

जनतालाई न्याय र सुशासन दिन्छु भन्नेहरु नै धोका दिन अगाडि रहेको उल्लेख गर्दै उनले भने, 'देशमा जो जसले रुल गरिरहेका छन्। जसले नेपाली जनताहरुलाई तपाइहरुको सेवा गर्छु, तपाईहरुलाई न्याय दिन्छु, सुशासन दिन्छु भनेर भन्ने हाम्रा पोलिटिकल लिडर, सोसियल लिडर, पुलिसका लिडर मेलिटरीका लिडर, न्यायालयका लिडर सबैले धेरै जसोले हामीलाई धोका दिए। हामीलाई झुक्याए। हामीले सोचे अनुसारको न्याय पाएनौं।’ उनले देशमा भ्रष्टाचार संस्थागत भएको र विसंगती निरन्तर बढिरहेकाले आफूहरु अभियान सञ्चालन गर्न बाध्य भएको बताए।

नेतृत्वमा भएका अधिकांश व्यक्तिहरुलाई भ्रष्टाचार नगरिकन निद्रा नलाग्ने आरोप समेत उनले लगाए। उनले भ्रष्टाचार गर्ने बानीलाई नुसधारे ७७ जिल्लाका सबै नेपालीहरु शान्तीपूर्ण रुपमा सडकमा उत्रने बताए।

परादर्शिता र इमान्दारिताका साथ अभियानलाई अगाडि बढाउने समेत उनले बताए। आफूहरुको अभियानमा व्यक्तिगत स्वार्थ र लोभ भएकाहरुले स्थान नपाउने तर समान उद्देश्य र विचार भएकाहरुसँग सहकार्य र एकता हुन सक्ने उनदले बताए।

प्रकाशित: २९ फाल्गुन २०७६ १२:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App