१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मालपोत कार्यालयको सेवा नयाँ भवनबाट

मालपोल कार्यालय धादिङको नयाँ भवन। तस्बिर:नागरिक

धादिङ – जिल्ला मालपोत कार्यालय धादिङको सुविधा सम्पन्न नयाँ भवनबाट सेवा सुरु गरेको छ। नयाँ भवन निर्माण भएपछि पूरानो र जीर्ण भवनबाट सेवा दिँदै आएको मालपोत कार्यालयले नयाँ भवनबाट सहज सेवा सुरु गरेको हो। २०७१ फागुन १० गते मृत सञ्जिवनी/रूपल सुप्रीम/युस जेभिले भवन निर्माणका लागि सम्झौता गरेर काम सुरु गरेको थियो। भवन निर्माणका लागि सम्झौता भएपछि भूकम्प गएका कारण निर्माण कार्यमा ढिला भएको बताइएको छ।

२०७३ फागुनसम्ममा निर्माण सम्पन्न गर्ने गरेर पहिलो पटक सम्झौता भएपनि पटक पटक म्याद थप गरेर भवन निर्माण पूरा गर्न ५ वर्ष लागेको थियो। दुई करोड ६३ लाख रुपैयाँमा भवनको निर्माणका लागि सम्झौता गरेपनि निर्माण भएपश्चातको अन्तिम किस्ता भुक्तानी नपाएको निर्माण कम्पनीले गुनासो गरेको छ। भवन निर्माण भएर सञ्चालनमा आएपनि प्राविधिक समस्याका कारण सबै भुक्तानी नपाएको निर्माण कम्पनीका प्रमुख रेशम श्रेष्ठले जानकारी दिए।

नयाँ भवनबाट सेवा सुरुभएपछि कार्यालयले अब नयाँ प्रविधिमार्फत सेवा प्रदान गर्ने तयारी गरेको छ। तत्काल सुरु गर्ने भनिएपनि तयारी पूरा नभएकाले केही ढिला भएको बताइएको छ। अब सबै काम अनलाइन प्रणालीबाट गरेर नमुना मालपोत कार्यालय बनाउने तयारीमा रहेको जनाएको छ। पूराना कागजपत्रलाई डिजिटल प्रविधिमा रूपान्तर गर्न समय लागेकाले केही समय ढिला भएको मालपोत कार्यालय धादिङले जानकारी दिएको छ।

प्रकाशित: २९ फाल्गुन २०७६ ०४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App