१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बालश्रम मुक्त जुम्ला घोषणा गर्न तथ्यांक संकलन सुरु

जुम्ला- बालश्रम घटाउन सामाजिक विकास कार्यालय जुम्लाले तथ्यांक संकलन कार्य सुरु गर्ने भएको छ। जिल्लामा यातायात सेवा सञ्चालनमा आएसंगै बालश्रम बढेको छ। सबैभन्दा बढि यातायात क्षेत्रम बालबालिकाले काम गरिरहेको भेटिदै आएको छ। तर जिल्लाभर कति बालबालिका श्रममा छन् भन्ने बारेमा एकिन तथ्यांक छैन। महिला तथा बालबालिकाको क्षेत्रमा काम हेतुले सञ्चालन भएको सामाजिक विकास कार्यालय जुम्लाले तथ्यांक संकलन कार्यलाई अघि बढाएको छ।

जुम्लामा होटल, उद्योग, यातायात, धनाड्यहरुको घरमा श्रम गर्ने बालबालिकालाई श्रममुक्त गर्ने सरकारी लक्ष्य अनुसार सामाजिक विकास कार्यालयले तत्काल तथ्यांक संकलन फारम तयार गरि स्थानीय तहमा पठाउन थालेको हो। कार्यालय प्रमुख बलविर सुनारले जिल्लामा बालश्रम न्यूनिकरणका लागि सबैको सहयोग आवश्यक रहेको बताए। उनले भने,‘बालबालिकालाई श्रममुक्त गराउने अभियानमा सबैको साथ आवश्यक छ। त्यो साथ पूर्णरुपमा पाउने अपेक्षा गरेका छौँ।’

जुम्लाका प्रहरी प्रमुख डिएसपी लालबहादुर धामी विद्यालयमा हुने बाल दुव्र्यवहार, परिवारमा हुने बालहिंसा, बालयौन दुव्र्यवहारविरुद्ध सबै बालबालिकालाई सचेत गराउनु पर्ने बताउँछन्। समाजिक विकास कार्यालय जुम्लाले आयोजना गरेको बालश्रमविरुद्धको अभियानमा सरोकारवालाहरुसंगको १ दिने अन्तरक्रिया कार्यक्रममा बालश्रम मुक्त जुम्ला बनाउने अभियानमा लाग्न सबैलाई आग्रह गरिएको थियो डिएसपी धामी १४ वर्ष मुनिका कुनैपनि बालबालिकालाई पढाइ दिने वा पारिश्रमिक दिने बहानामा घर तथा, होटल कलकारखानामा, इट्टा भट्टामा, यातायात साधनमा मजदुरीका रुपमा राख्न नपाइने बताउँछन्।

मौखिक दुव्र्यवहार, शारीरिक र मानसिक  दुव्र्यवहार, भावनात्मक दुव्र्यवहार, बेवास्ता र उपेक्षा जस्ता दुव्र्यवहार गरेको भेटिएमा बालबालिका संरक्षण ऐन अन्र्तगत कारबाही गरिने कानुनी प्रावधान छ। जुम्लालाई बालश्रममुक्त गर्न बालबालिकाको तथ्यांक संकलन हुने भएको हो।

जुम्लाका होटलमा काम गर्ने अधिकांश बालबालिका छन्। बालसंरक्षण, बालविकास, बाल सहभागिता, बालबालिकाको बाँच्न पाउने अधिकारलगायतका विषयमा  सरोकारवालासँग गम्भीर छलफल समेत भएको थियो।
जुम्लाका स्थानीय तहमा महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत व्यक्तिले नै  अभिभावकविहीन तथा जोखिमपूर्ण काममा संलग्न बालबालिकाको तथ्याङ्क संकलन गर्ने भएका छन्।

जिल्ला समन्वय समितिका कार्यवहाक प्रमुख कार्मा बुढा बाल अधिकारको रक्षाका लागि राज्य वा सम्बन्धित स्थानीय तह जिम्मेवार हुन जरुरी रहेको बताउँछन्। जुम्लामा बालश्रम बढ्नुको मुख्य कारण बालबिवाह, अशिक्षा, गरिबी रहेको सरोकारवालाहरुले बताएका छन्। अशिक्षा र गरिबीका कारण अभिभावकले धेरै सन्तान जन्माउने पालनपोषण गर्न नसकेर बालबालिकालाई श्रममा लगाउने गरेको स्थानीय बताउँछन्।

जिल्लाको एक नगरपालिकासहित ७ वटै गाउँपालिकामा एकैपटक बालश्रमिकको तथ्यांक संकलन हुने भएको छ।
     

प्रकाशित: २८ फाल्गुन २०७६ १३:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App